लुम्विनी प्रदेशमा लाइसेन्सको ट्रायल दिँदा परीक्षार्थीले आफ्नै गाडी प्रयोग गर्न पाउने

लुम्बिनी प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने भएको छ ।

लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग तथा यातायात् व्यवस्थामन्त्री रोज राणाले सवारी चालक ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन मन्त्रालयका सचिवसहित कर्मचारीलाई निर्देशन दिएका हुन् ।

बुधबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा मन्त्री राणाले सचिव उमेश ढुंगाना, यातायात कार्यालयका प्रमुखहरुलाई ट्रायलका क्रममा परीक्षार्थीलाई स्वेच्छाले सवारी साधन प्रयोग गर्न निर्देशन दिएका हुन् ।

यसअघि शुःल्क लिएर ट्रायल सेन्टरमा ट्रायल सेन्टरकै सवारी साधन अनिर्वाय प्रयोग गर्नुपर्ने व्यवस्था छ । सर्वसाधारणलाई अनावश्यक आर्थिक भार पर्ने भन्दै त्यो व्यवस्था तत्काल हटाउन मन्त्री राणाले निर्देशन दिए ।

राज्यले सेवाग्राहीलाई दिने सुविधा सहज हुनुपर्ने उनको भनाइ थियो । राणाले छिटो र सहज तरिकाले चालक अनमुति पत्र दिन पनि कर्मचारीलाई निर्देशन दिए । यस्तै उनले प्रदेशभित्र मापदण्ड नपुगेका ट्रायल सेन्टरमा अनुगमन गरेर बन्द गराउन पनि निर्देशन दिए ।लुम्बिनी प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने भएको छ ।

लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग तथा यातायात् व्यवस्थामन्त्री रोज राणाले सवारी चालक ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन मन्त्रालयका सचिवसहित कर्मचारीलाई निर्देशन दिएका हुन् ।

बुधबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा मन्त्री राणाले सचिव उमेश ढुंगाना, यातायात कार्यालयका प्रमुखहरुलाई ट्रायलका क्रममा परीक्षार्थीलाई स्वेच्छाले सवारी साधन प्रयोग गर्न निर्देशन दिएका हुन् ।

यसअघि शुःल्क लिएर ट्रायल सेन्टरमा ट्रायल सेन्टरकै सवारी साधन अनिर्वाय प्रयोग गर्नुपर्ने व्यवस्था छ । सर्वसाधारणलाई अनावश्यक आर्थिक भार पर्ने भन्दै त्यो व्यवस्था तत्काल हटाउन मन्त्री राणाले निर्देशन दिए ।

राज्यले सेवाग्राहीलाई दिने सुविधा सहज हुनुपर्ने उनको भनाइ थियो । राणाले छिटो र सहज तरिकाले चालक अनमुति पत्र दिन पनि कर्मचारीलाई निर्देशन दिए । यस्तै उनले प्रदेशभित्र मापदण्ड नपुगेका ट्रायल सेन्टरमा अनुगमन गरेर बन्द गराउन पनि निर्देशन दिए ।

सम्बन्धित समाचारहरू

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा

सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा...

सवारी लाइसेन्समा असोजदेखि नयाँ मापदण्ड, ७० अंक ल्याए सहजै पास

आगामी असोज १ देखि वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)...

कलैयाबाटै सवारी चालक अनुमति पत्र वितरण हुने

वीरगञ्ज – यातायात व्यवस्था कार्यालय बाराले अब कलैयाबाट सवारी अनुमतिपत्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...