ट्रायल दिँदा ठोक्किए पनि हातमा लाइसेन्स

काठमाडाैं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा कहीँकतै छोए वा भुइँ टेकिएमा अनुत्तीर्ण भइन्छ भन्ने चिन्ता नलिए हुन्छ । यस्तो परीक्षामा कम्तीमा ७० अङ्क प्राप्त गर्नुभएमा मजाले लाइसेन्स हात पर्नेछ ।

आजको गोरखापत्रमा प्रकाशित समाचार अनुसार बागमती प्रदेशमा आगामी असोज १ गतेबाट सवारी चालक अनुमतिपत्रको परीक्षामा नयाँ मापदण्ड लागू हुँदै छ ।

नयाँ मापदण्डअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था गरिएको छ । यसबाट पटक–पटक अनुत्तीर्ण भई लाइसेन्स प्राप्त गर्न नसकेकाहरूका लागि राहत हुने भएको छ ।

बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले नयाँ मापदण्ड कार्यान्वयनको तयारी भइरहेको जानकारी दिए ।

उनले भने, “सम्भवतः पाँचवटै यातायात कार्यालयबाट नयाँ निर्देशिका अनुसार परीक्षा सञ्चालन गर्नेछौँ । भ्याउने अवस्था नरहेमा असोज १ गतेबाट दुई वा तीनवटा कार्यालयमा नयाँ व्यवस्थाअनुसारको परीक्षा सञ्चालन गरिनेछ ।”

बागमती प्रदेशमा पाँचवटा यातायात कार्यालय छन् ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका अनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइको छ ।

सो व्यवस्थाअनुसार घुमाउरो (अङ्ग्रेजीको आठ) मा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुनुपर्ने छैन । रेखा छोएमा पाँच अङ्क घट्नेछ । त्यस्तै एक पटक खुट्टाले भुइँमा टेके पनि अनुत्तीर्ण हुने अवस्था रहनेछैन ।

त्यस्तो स्थितिमा थप पाँच अङ्क घट्नेछ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अङ्क घट्नेछ । ट्राफिक सङ्केत पालना नगर्दा १५ अङ्क घट्नेछ ।

“सबैमा अङ्क घट्दै गएर ७० भन्दा कम आएमा मात्र लाइसेन्स पाउन योग्य मानिने छैन,” उनले भने ।

खाल्टाखुल्टीमा एक पटकसम्म भुइँमा टेकेमा पाँच अङ्क घट्ने छ । एक पटक सवारीको स्टार्ट बन्द भए पाँच अङ्क घट्नेछ । सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अङ्क घट्नेछ ।

हेलमेटको लक नलगाई सवारी चलाएमा चार अङ्क घट्नेछ । विगतमा भने यी व्यवस्थामध्ये कुनै एउटा गल्ती गरे अनुत्तीर्ण गरिन्थ्यो ।

मन्त्रालयका प्रवक्ता पोखरेलले लिखित परीक्षामा पहिलाकै व्यवस्था कायम गरिएको जानकारी दिए ।

लिखित परीक्षाका लागि ५०० ओटा प्रश्न समावेश गरिएको दुई ओटा प्रश्न सङ्ग्रह यातायात व्यवस्था विभागले सार्वजनिक गरिसकेको छ ।

लिखितमा तिनै प्रश्नबाट १०० पूर्णाङ्कको प्रश्न सोधिनेछ ।

सम्बन्धित समाचारहरू

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालन, आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालन, आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र...

सडकमा सवारी बिग्रेमा के गर्ने ?

सडकमा सवारी बिग्रेमा के गर्ने ?

यदि सवारी साधन बनाउन धेरै समय लाग्ने अवस्था छ, सवारी साधन बनाउन धेरै समय...

अब बाइक वा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न नपाइने, २० हजार सम्म जरिवाना हुने

अब बाइक वा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न नपाइने, २० हजार सम्म जरिवाना हुने

काठमाडौं – मोटरसाइकल वा स्कुटरमा अब मोबाइल होल्डर वा स्ट्यान्ड राख्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...