ज्ञानेश्वरमा एलएस अटोको नयाँ शोरुम, नयाँ एसयूभी ‘ईभी एक्स’ सार्वजनिक

काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक वितरक ब्लु कर्पोरेसन प्रालिले आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंको ज्ञानेश्वरमा नयाँ शोरुम उद्घाटन संगै कम्पनीले नयाँ मोडल एलईभी एक्स अल ह्वील ड्राइभ इलेक्ट्रिक एसयूभी समेत सार्वजनिक गरेको छ ।

विगत २५ वर्षदेखि अटोमोबाइल डिजाइन र इन्जिनियरिङमा विश्वकै ठूलो डिजाइन हाउसमध्येको एक ‘सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी’ अन्तर्गतको एलएस अटोले आफ्नै ब्राण्डमा ईभी उत्पादन गरी विश्व बजारमा विस्तार गरिरहेको छ ।

नेपाली बजारमा यसअघि नै एलईभी–०१ बिक्री गर्दै आएको ब्लु कर्पोरेसनले अब यसको परिष्कृत र शक्तिशाली भर्सन एलईभी एक्स भित्र्याएको हो ।

एलईभी एक्समा ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५५० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ । त्यस्तै, एलईभी ०१ ले ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।

एलईभी एक्समा फ्रन्ट र रियर गरी १९८ किलोवाटको मोटर जडान गरिएको छ, जसले यसलाई फोर ह्वील ड्राइभको शक्ति प्रदान गर्दछ । यसमा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा आधारित लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशत बढी दक्ष मानिन्छ । यसको ग्राउण्ड क्लियरेन्स २२१ एमएम रहेको छ ।

यस गाडीमा प्रिमियम डिजाइनका साथै आधुनिक सुविधाहरूमा ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, प्यानोरामिक मुनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टीकलर एम्बियन्ट लाइट र लेदरेट सिट छ । सुरक्षाका लागि १० वटा एयरब्याग, एबीएस ईबीडी हिल असिस्ट र क्रूज कन्ट्रोल जस्ता फिचर छन् । यो गाडीले युरो एनक्याप बाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ ।

नयाँ शोरुम उद्घाटन र नयाँ वर्षको अवसरमा कम्पनीले विशेष एक्सचेन्ज क्याम्प र अफरहरू सार्वजनिक गरेको छ ।

नेपाली बजारमा यसको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यस्तै, एलईभी ०१ को मूल्य ६४ हजार ९५ हजार रुपैयाँ तथा एलईभी एक्स ८४ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीले मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी दिएको छ ।

सम्बन्धित समाचारहरू

धनगढीमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकसँग अन्तरक्रिया

धनगढीमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकसँग अन्तरक्रिया

धनगढी – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

कारकाे चाबी आल्मुनियम फाइलमा किन बेरिन्छ? रिले अट्याक चोरीबाट बच्ने अचम्मको उपाय

कारकाे चाबी आल्मुनियम फाइलमा किन बेरिन्छ? रिले अट्याक चोरीबाट बच्ने अचम्मको उपाय

हालका दिनमा धेरै कार मालिकले आफ्नो कारको चाबीलाई आल्मुनियम फाइलमा बेर्ने...

बजार मूल्यमा हुन्डाइलाई उछिन्यो कियाले

बजार मूल्यमा हुन्डाइलाई उछिन्यो कियाले

कियाको बजार मूल्यले सन् २००१ पछि पहिलो पटक हुन्डाईलाई उछिनेको छ । स्टकमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...