महिन्द्रा प्रमुखले भने, ‘५ स्टार रेटिङ हाँसिल गर्न गाडीको तौल कम गरौ’

सामन्यत वजन बढी भएको कारलाई बढि सुरिक्षत मान्ने गरिन्छ । यस्ता कारमा बलिया र मजबुत धातुहरु प्रयोग गरिने कारण सुरक्षित हुन्छ भन्न खोजिएको भएपनि यो एक भ्रम मात्र रहेको प्रमाणित हुँदै गएको छ । महिन्द्रा प्यासेन्जर कारको ग्लोबल प्रोडक्ट डेभलप्मेन्ट प्रमुख आर भेलुसामीले सवारीसाधनको तौल जति कम भयो त्यत्ति नै बढी सुरक्षित हुने दाबी गरेका छन् ।

केही समयअघि मात्र भारतीय बजारमा लन्च गरिएको एक्युभी ७०० ले ग्लोबल एनक्यापमा ५ स्टार सेफ्टि रेटिङ पाएको सन्दर्भलाई उल्लेख गर्दै उनले यस्तो तथ्य बाहिर ल्याएका हुन् । अटोकार प्रोफेसनलले हालसालै भारतमा आयोजना गरेको लाइटवेटिगं कन्फ्रेन्स २०२१ मा बोल्दै उनले एक्सयुभी ७०० को डेभलप्मेन्टका क्रममा आफूहरुले ११० किलोसम्म तौल कम गर्न सकेका कारण पनि यो एसयुभीले ५ स्टार सेफ्टि रेटिङ हाँसिल गरेको दाबी गरे ।

उनका अनुसार यो गाडीको तौल घटाउन आफूहरुले यसको डिजाइनमा समेत निकै ध्यान दिएको बताए । उनले भने, ‘यदि डिजाइनको क्रममा उचित ध्यान दिन सकियो भने गाडीको तौल समेत कम गर्न सकिन्छ । जसलाई हामीले एक्युभी ७०० मा लागु गराएका छौ ।’ हाई टेन्सिल स्टिल र प्लास्टिक कम्पोजिटको प्रयोगले गाडीको तौल कम हुने र साथमा यो बढी सुरक्षित समेत हुने उनको भनाई थियो ।

सवारीसाधनमा बढ्दो एल्मुनियमको प्रयोग कम गर्न पनि हाई टेन्सिल स्टिल र प्लास्टिक पार्टसको प्रयोग बढाउनु पर्ने उनले बताए । अत्याबश्यक बाहेक अन्य अबस्थामा एल्मुनियमको प्रयोग नबढ्ने गरी गाडीको डिजाइन गर्न सुझाब दिंदै उनले भने ‘यसले तौल घटाउनुको साथै यस्ता गाडी बढी सुरक्षित समेत हुने प्रमाणित भएको छ ।’

सम्बन्धित समाचारहरू

महिन्द्रा एक्सयूभी थ्रीएक्सओले पायो ५ स्टार रेटिङ

महिन्द्रा एक्सयूभी थ्रीएक्सओले पायो ५ स्टार रेटिङ

महिन्द्रा एक्सयूभी थ्रीएक्सओलाई भारत एनक्यापले ५ स्टार रेटिङ दिएको छ ।...

नेपालमा बिक्री शुरु हुन लागेको स्कर्पियो एनले पायो फाइभ स्टार रेटिङ

नेपालमा बिक्री शुरु हुन लागेको स्कर्पियो एनले पायो फाइभ स्टार रेटिङ

महिन्द्राको चर्चित एसयूभी स्कर्पियो एनले सेफ्टि टेष्टमा फाइभ स्टार रेटिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...