महिन्द्रा प्रमुखले भने, ‘५ स्टार रेटिङ हाँसिल गर्न गाडीको तौल कम गरौ’

सामन्यत वजन बढी भएको कारलाई बढि सुरिक्षत मान्ने गरिन्छ । यस्ता कारमा बलिया र मजबुत धातुहरु प्रयोग गरिने कारण सुरक्षित हुन्छ भन्न खोजिएको भएपनि यो एक भ्रम मात्र रहेको प्रमाणित हुँदै गएको छ । महिन्द्रा प्यासेन्जर कारको ग्लोबल प्रोडक्ट डेभलप्मेन्ट प्रमुख आर भेलुसामीले सवारीसाधनको तौल जति कम भयो त्यत्ति नै बढी सुरक्षित हुने दाबी गरेका छन् ।

केही समयअघि मात्र भारतीय बजारमा लन्च गरिएको एक्युभी ७०० ले ग्लोबल एनक्यापमा ५ स्टार सेफ्टि रेटिङ पाएको सन्दर्भलाई उल्लेख गर्दै उनले यस्तो तथ्य बाहिर ल्याएका हुन् । अटोकार प्रोफेसनलले हालसालै भारतमा आयोजना गरेको लाइटवेटिगं कन्फ्रेन्स २०२१ मा बोल्दै उनले एक्सयुभी ७०० को डेभलप्मेन्टका क्रममा आफूहरुले ११० किलोसम्म तौल कम गर्न सकेका कारण पनि यो एसयुभीले ५ स्टार सेफ्टि रेटिङ हाँसिल गरेको दाबी गरे ।

उनका अनुसार यो गाडीको तौल घटाउन आफूहरुले यसको डिजाइनमा समेत निकै ध्यान दिएको बताए । उनले भने, ‘यदि डिजाइनको क्रममा उचित ध्यान दिन सकियो भने गाडीको तौल समेत कम गर्न सकिन्छ । जसलाई हामीले एक्युभी ७०० मा लागु गराएका छौ ।’ हाई टेन्सिल स्टिल र प्लास्टिक कम्पोजिटको प्रयोगले गाडीको तौल कम हुने र साथमा यो बढी सुरक्षित समेत हुने उनको भनाई थियो ।

सवारीसाधनमा बढ्दो एल्मुनियमको प्रयोग कम गर्न पनि हाई टेन्सिल स्टिल र प्लास्टिक पार्टसको प्रयोग बढाउनु पर्ने उनले बताए । अत्याबश्यक बाहेक अन्य अबस्थामा एल्मुनियमको प्रयोग नबढ्ने गरी गाडीको डिजाइन गर्न सुझाब दिंदै उनले भने ‘यसले तौल घटाउनुको साथै यस्ता गाडी बढी सुरक्षित समेत हुने प्रमाणित भएको छ ।’

सम्बन्धित समाचारहरू

अग्नि ग्रुपद्वारा डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

अग्नि ग्रुपद्वारा डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

काठमाडौं – अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ७ अन्तर्गत...

स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

नेपाली बजारमा हिँजो सार्वजनिक गरिएको महिन्द्रा स्कर्पियो एनको मूल्य १...

कुपन्डोलमा महिन्द्राको नयाँ ‘ट्विन पीक’ २ एस सर्भिस सेन्टर

कुपन्डोलमा महिन्द्राको नयाँ ‘ट्विन पीक’ २ एस सर्भिस सेन्टर

काठमाडौं– महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप (...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...