के अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने हो त ? राष्ट्रिय परिचय पत्र भए पुग्छ ?
काठमाडौं – आफूसँग राष्ट्रिय परिचय पत्र हुनेहरुले साथमा ड्राइभिङ लाइसेन्स...
काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा दुर्घटना र मृतक संख्या दुबैमा कमी आएको छ । यसलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफ्नो उपलब्धीको रुपमा लिएको छ । पछिल्ला दिनमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सडक दुर्घटनाहरुमा कमी ल्याउन पहल गरिरहेको छ । आफूले चालेका विभिन्न अभियान एवं जनचेतना अभिवृद्धिका कार्यक्रमका कारण सडक दुर्घटनामा उल्लेख्य कमी आएको सो कार्यालयको दाबी छ ।
उपलब्ध तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८० मा भएका १० हजार ६७५ सडक दुर्घटनामा परी १८७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा भने सवारी दुर्घटनाका ८ हजार ८८१ घटना मात्र भए । यो भनेको २०७९/८० को भन्दा १६.८ प्रतिशत कम हो । आर्थिक वर्ष २०८०/८१ मा काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा १७६ जनाको मृत्यु भएको छ । यो भनेको २०७९/८० को भन्दा ६ प्रतिशतले कमी हो । साना ठूला दुर्घटनामा परी गत वर्षभन्दा यस वर्ष ३ प्रतिशत कम (८३०५ जना) घाइते भएको तथ्यांकले देखाउँछ ।
ट्राफिक प्रहरीका अनुसार, यो प्रगति ट्राफिक प्रहरीको सक्रियता र जनचेतनामूलक कार्यक्रम र नियमहरुको कडाईका साथ पालनाको प्रतिफल हो । यो सुधारलाई अझ प्रभावकारी बनाउन र निरन्तरता दिन योजनाबद्ध तरिकाले लाग्ने तयारी भइरहेको जनाएको छ । यसले भविष्यमा पनि दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा लिएको छ । थप सुधार गर्न र यसलाई निरन्तरता दिन ट्राफिक प्रहरीले थप योजनाहरु निर्माण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक विश्वराज खड्काले जनचेतनामूलक कार्यक्रमहरुले आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियमहरुको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको बताए । उनले सडक सुरक्षा र ट्राफिक नियमहरुका बारेमा जनचेतना अभिवृद्धि गर्नका लागि आफूहरुले निरन्तर रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले यसले सर्वसाधारणलाई जिम्मेवार चालक बन्न र दुर्घटना घटाउन ठूलो भूमिका खेलेको प्रष्ट पारे ।
पछिल्लो समय ट्राफिक प्रहरीले सचेतनामूलक अभिवृद्धि कार्यक्रमलाई विशेष महत्व दिई सञ्चालन गर्दै आएको छ । विशेष गरी ट्राफिक प्रहरीले स्कुल कलेज केन्द्रित ट्राफिक नियमसम्बन्धी प्रशिक्षण, चालक सह–चालक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम र सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा कार्यक्रमहरु व्यापक रुपमा गर्दै आएको छ । ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियान जस्ता कार्यक्रमहरुमा समावेश भएका ट्राफिक गतिविधिहरु मार्फत ४ लाख ७७ हजार ३०३ जना प्रत्यक्ष लाभान्वित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साथै सडकको सुरक्षित प्रयोगमा समेत उल्लेख्य सुधार भएको पछिल्ला दुर्घटनाको तथ्यांकले समेत देखाएको छ ।
तुलनात्मक रुपमा उपत्यकाको आवागमन व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले आफ्नो उपस्थिति, सक्रियता र निगरानी सँगसँगै बढाएको देखिन्छ । प्रवक्ता खड्काले भने, ‘ट्राफिक प्रहरीको उपस्थितिले धेरै सवारी चालकहरु ट्राफिक नियमहरुको पालना गर्न बाध्य भएका छन् । ट्राफिक प्रहरीले चालेको मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तिब्रगतिका कारणले हुने दुर्घटना न्यूनीकरणमा हामीले पहल गरेका छौं ।’
ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले आफूहरुले विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन, ट्राफिक चेक पोइन्ट विस्तार, भित्रीगल्ली साँघुरा सडक र करिडोर सडकमा नियमित गस्ती गर्ने गरेको र अपेक्षाकृत उपलब्धी समेत हासिल गरेको बताए । उनले भने, ‘सडकमा ट्राफिक नियमको पालना गराउनु हाम्रो मुख्य उद्देश्य हो । यस वर्षको सक्रियता र कठोर कदमहरुले दुर्घटनामा कमी ल्याउन ठूलो सहयोग पु¥याएको छ । यसलाई हामी निरन्तरता दिन्छौं र थप सक्रियतापूुर्वक अघि बढ्छौं ।’
आर्थिक वर्ष २०८०/८१ मा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १० लाख भन्दा बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत ७२ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ । प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण जस्तो महत्वपूर्ण विषय ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै सम्पूर्ण सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा र ट्राफिक नियम पालनालाई संस्कारको रुपमा विकास गर्न ट्राफिक प्रहरीले अपिलसमेत गरेको छ ।
काठमाडौं – आफूसँग राष्ट्रिय परिचय पत्र हुनेहरुले साथमा ड्राइभिङ लाइसेन्स...
काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी...
विगत ३ महिनायता सवारी बजार प्रतिबन्धको अवस्थामा छ । पहिलो चरणमा सवै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...