विद्युतीय गाडीमा प्रयोग हुने मोटरका प्रकार, कुन मोटर कति प्रभावकारी ?
काठमाडौं–विद्युतीय सवारीसाधन (ईभी) मा ब्याट्रीलाई सबैभन्दा महत्वपूर्ण...
काठमाडौं – निम्बस इन्टरनेसनल कम्पनीले नेपाली बजारमा लेक्ट्रो ई–साइकल सार्वजनिक गरेको छ । ललितपुरको पुल्चोकस्थित शोरुममार्फत ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो साइकल रेन्ज सार्वजनिक गरे ।
सो अवसरमा मेयर महर्जनले छिट्टै नै ४ वटा विद्युतीय बस संचालन गर्ने बताए । ललितपुरमा साइकल लेन बनाएर चर्चामा रहेका महर्जनले आगामी दिनमा ललितपुर महानगरमा चल्ने सार्वजनिक यातायात पूर्णतः इलेक्ट्रीक हुने बताए ।
निम्बस समूहका चेयरम्यान आनन्द बागरियाले ललितपुर साइकलमैत्री सहर बन्दै गएको कारण नै ललितपुरमै शोरुम खोलेको बताए ।

भारतको हिरो कम्पनीले उत्पादन गरेको लेक्ट्रो ई–साइकलले आफ्नो वजनको ४ गुणा सम्म बोक्न सक्छ । यसमा बीएलडीसी मोटर, लिथियम आयोन ब्याट्री र चुस्त फ्रेम लगायतका कम्पोनेन्ट उपलब्ध छन् । यसमा भएको लिथियम आयोन ब्याट्री बीआईएस प्रमाणित छन् । यसको आईपी ६७ रेटिङले पानीबाट बचाउछ र धुलोबाट पनि सुरक्षा प्रादन गर्छ ।
राइडरको सुविधा अनुसार ब्याट्री हटाउन र भित्र चार्ज गर्न पनि सकिन्छ । यसमा भएको ब्याट्री र मोटर दुई वर्षको वारेन्टीका साथ उपलब्ध हुन्छ । यसको मोबाइल एपमार्फत पनि धेरै कुरा नियन्त्रण गर्न सकिन्छ ।
कार्गो साइकल समेत नेपाली बजारमा ११ किसिमका लेक्ट्रो ई–साइकल उपलब्ध छन् । यी साइकलको मूल्य ७५ हजार ९ सय देखि १ लाख ३९ हजार ९ सय रुपैयाँ सम्म छ । फुल चार्ज हुँदा ब्याट्रीले २५ देखि ६० किलोमिटर सम्म रेन्ज दिन्छ । त्यसैगरी ब्याट्री फुल चार्ज हुन ५ देखि ७ घण्टा लाग्छ ।
आगामी १० दिन सम्म साइकल खरिद गर्ने ग्राहकलाई हरेक खरिदमा १० हजार रुपैयाँ छुट दिने कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...