लीपमोटरको राजश्व शत् प्रतिशत बृद्धि, पहिलोपटक कमायो मुनाफा

चिनियाँ अटोमेकर लीपमोटरले पहिलो पटक वार्षिक नाफा हासिल गरेको छ । २०२५ को वित्तीय प्रतिवेदन अनुसार, कम्पनीले बिक्री र राजस्व दोब्बर बनाउँदै नाफा आर्जन गरेको हो ।

सन् २०१५ मा स्थापना भएको यस कम्पनीले २०१९ देखी न्यू इनर्जी भेइकल बिक्री सुरु गरेको थियो । पछि २०२३ को अन्त्यमा लीपमोटरले विश्वको सबैभन्दा ठूलो मध्ये एक अटोमोटिभ ग्रुप स्टेलान्टिसलाई आफ्नो २० प्रतिशत सेयर बिक्री गरेको थियो ।

सार्बजनिक भएको वित्तिय रिपोर्टअनुसार लीपमोटरले वर्ष २०२५ मा विश्वव्यापी रूपमा ५ लाख ९६ हजार ५५५ युनिट कार बिक्री गरेको छ । जुन गत वर्षको तुलनमा १०३ प्रतिशतले बढी रहेको जनाइएको छ । सो वर्ष लीपमोटरले बी१० क्रसओभर, बी०१ सेडान, र लाफा५ ह्याचब्याक कार लन्च गरेको थियो ।

२०२५ मा आफ्नो राजस्व १०१.३ प्रतिशतले बढेर ९.३८ अर्ब अमेरिकी डलर पुगेको कम्पनीले खुलासा गरेको छ । त्यसैगरी, कुल नाफा मार्जिन १४.५ को रेकर्ड ब्रेक बिन्दुमा पुगेको बताइएको छ । कम्पनीको खुद नाफा ५४० मिलियन युआन (७६.८५ मिलियन अमेरिकी डलर) पुगेको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार २०२४ मा कम्पनी ४१० मिलियन अमेरिकी डलर को वार्षिक खुद घाटमा थियो ।

लीपमोटरले हाल ४० देशहरूमा ९०० भन्दा बढि बिक्री र बिक्री पछिको सेवा आउटलेटहरू स्थापना गरेको छ । कम्पनीले बी१० क्रसओभर र लाफा५ ह्याचब्याक उत्पादन गर्ने योजनासहित स्पेनमा एसेम्वलिङ प्लान्ट स्थापना गरिरहेको छ ।

लीपमोटर नेपाली बजारमा समेत बिक्री हुँदै आएको ईभी ब्रान्ड हो । सांग्रिला मोटर्स आधिकारिक वितरक रहेको यस ब्रान्ड अन्तर्गत हाल नेपालमा टी०३ ह्याचब्याक, सी१० र बी१० एसयूभी उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

आयोनिक५ ले जित्यो जापानमा ‘इम्पोर्ट कार अफ दि इयर’ अवार्ड

आयोनिक५ ले जित्यो जापानमा ‘इम्पोर्ट कार अफ दि इयर’ अवार्ड

कोरियन अटो निर्माता हुन्डाईको इलेक्ट्रिक कार आयोनिक५ ले जापानमा...

दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

एसयूभी स्पेसलिस्टका रुपमा परिचित अमेरिकन आइकनिक ब्रान्ड जीप र भारतीय...

ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ललितपुर – ई–सेवाले नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...