फोहोर संकलनमा फोटोनका विद्युतीय लाइट ड्युटी ट्रक प्रयोग गरिने
काठमाडौँ – ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त शहर बनाउने नीति...
चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी लिपमोटरले १० लाख कार उत्पादन गरेर रेकर्ड हासिल गरेको छ । लिपमोटरले सेप्टेम्बर २५ मा यो उपलब्धि हासिल गरेको हो । यससँगै सो उपलब्धि हासिल गर्ने लिपमोटर दोस्रो स्टार्टअप कम्पनी बनेको छ ।
सो उपलब्धि हासिल गर्न कम्पनीलाई ६ वर्ष लाग्यो । यद्यपि पछिल्लो समयमा कम्पनीले करिव १ वर्ष भन्दा कम समय अर्थात ३४३ दिनमै ५ लाख कार उत्पादन गरेर उत्पादन गतिलाई बढाएको छ ।
लिपमोटर न्यु इनर्जी भेइकल निर्माता कम्पनीको रुपमा सन् २०१७ मा स्थापना भएको थियो । यसको पहिलो कार सन् २०१९ को जुनमा रोल आउट भएको थियो । ५ वर्ष पश्चात कम्पनीले ५ लाख कार उत्पादन गरेको जानकारी सार्वजनिक गरेको थियो ।
गत वर्ष विश्वकै सबैभन्दा ठूलो मानिने अटोमोटिभ ग्रुप स्टेलान्टिसले आंशिक रुपमा यसको स्वामित्व लिएको छ । हाल यसले तीव्र रुपमा उत्पादन कार्य गरिरहेको छ ।
पछिल्लो समयमा एक वर्षमै ५ लाख सवारी साधन उत्पादन गर्नु आफैमा महत्वपूर्ण उपलब्धि हो । लिपमोटरले यो बढ्दो चिनियाँ बजारका लागि सबैभन्दा तीव्र वृद्धि भएको बताएको छ ।
लिपमोटरका संस्थापक तथा अध्यक्ष र सीईओ झि जियाङमिङले अर्को वर्ष पनि १० लाख सवारी साधन उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
लिपमोटरले अगस्ट महिनामा विश्वभर ५७ हजार ६६ सवारी साधन बिक्री गरेको छ र ती मध्ये ५१ ह्जार १६२ युनिट चीनमै बिक्री भएका छन् । यो वर्षको जनवरी देखि अगस्ट सम्मको अवधिमा लिपमोटरले विश्वभर ३ लाख २० हजार युनिट कार बिक्री गरेको छ । यसमा २ लाख ८९ हजार ७३२ युनिट चीनमै डेलिभरी भएका छन् ।
लिपमोटरले चीनमा पहिले ७ मोडलका कार बिक्री गर्दै आएकोमा अब नयाँ ह्याचब्याक लाफा ५ समेत बिक्री गर्ने तयारी गरिरहेको छ ।
लिपमोटरले युरोप, मिडिल इस्ट, अफ्रिका र एसिया प्यासिफिक क्षेत्र गरी ३० देशमा सेल्स र सर्भिस आउटलेटको विस्तार गरेको छ । नेपालमा पनि सांग्रिला मोटर्सले लिपमोटरका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।
नेपालमा पहिले देखि नै सी१० र टी०३ ईभी उपलब्ध भइरहेकोमा हालै नयाँ मोडल बी१० भित्रिएको छ । सी१० को मूल्य ७२ लाख भएकोमा चाडपर्व अफरको रुपमा ६५ लाख रुपैयाँमा उपलब्ध भइरहेको छ भने टी०३ को मूल्य ३४ लाखबाट २८ लाख रुपैयाँ कायम गरिएको छ । नयाँ ईभी बी१० को डिजाइन भेरिएन्टको मूल्य ६० लाख तोकिएकोमा अफरको रुपमा ५७ लाख रुपैयाँमा उपलब्ध छ ।
काठमाडौँ – ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त शहर बनाउने नीति...
काठमाडौँ – नेपालका लागि जेइकाे ईभीकाे आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...
काठमाडौं – आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा सिप्रदी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...