यसरी गर्न सकिन्छ हिरो स्प्लेन्डरलाई १५१ किमी रेन्ज दिने इलेक्ट्रिकमा रुपान्तरण
ईभी स्टार्टअप कम्पनी गोगोएवनले भारतमा दुई पाङ्ग्रे सवारीका लागि पहिलो...
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ अफर ‘लिप केयर’ सार्वजनिक गरेको छ । ‘आत्मविश्वासका साथ अघि बढ्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको यस योजनाले लामो अवधिको ब्याट्री वारेन्टी र बजारकै सबैभन्दा उत्कृष्ट फाइनान्सिङ सुविधाहरूलाई एकै ठाउँमा समेटेको छ ।
विद्युतीय सवारीसाधन खरिदकर्ताहरूलाई थप ढुक्क बनाउन ल्याइएको यस कार्यक्रमको मुख्य विशेषताका रुपमा ११ वर्षको नयाँ एक्स्टेन्डेड ब्याट्री वारेन्टी रहेको छ । यो अटोमोबाइल उद्योगकै सबैभन्दा लामो अवधिको वारेन्टी रहेको कम्पनीले दाबी गरेको छ ।
यस योजनालाई लिपमोटरको प्रविधिको विश्वसनीयता प्रमाणित गर्न र ब्याट्रीको आयु सम्बन्धी ग्राहकका चिन्ताहरू हटाउन विशेष रूपमा तयार पारिएको कम्पनीको भनाई छ । । ईभिको सबैभन्दा महत्त्वपूर्ण भागलाई एक दशक भन्दा बढी समयसम्म सुरक्षित गरेर लिपमोटरले आफ्ना ग्राहकहरूलाई कुनैपनि अनपेक्षित खर्चको चिन्ता नगरी वर्षौंसम्म ढुक्क भएर सवारी चलाउन सक्ने सुनिश्चितता प्रदान गरेको बताइएको छ ।
प्राविधिक सुरक्षाका साथै, ‘लिपकेयर’ले विद्युतीय कारको स्वामित्व ग्रहण गर्न अझ सहज बनाएको छ । कम्पनीले अब १५ प्रतिशतको न्यूनतम डाउनपेमेन्ट सुविधा अफर गरेको छ । यससँगै बजारकै सबैभन्दा न्युन ५.९६ प्रतिशतको आकर्षक ब्याजदरले खरिदकर्ताहरूको मासिक खर्च उल्लेख्य रूपमा कम गर्ने विश्वास लिइएको छ । साथै, यस योजनाले दिगो सवारी साधनमा स्विच गर्न पहिलेभन्दा अझ बढी पहुँचयोग्य बनाएको छ ।
यो नयाँ अफर नेपालभरका सबै आधिकारिक लिपमोटर शोरूमहरूमा उपलब्ध हुने कम्पनीको भनाई छ । कम्पनीका अनुसार, यस कार्यक्रमले उच्च गुणस्तरका र इन्टेलिजेन्ट विद्युतीय सवारीसाधन उपलब्ध गराउने तथा दीर्घकालीन भ्यालु र ग्राहक सेवामा केन्द्रित रहने ब्रान्डको प्रतिबद्धतालाई पुष्टि गरेको छ ।
ईभी स्टार्टअप कम्पनी गोगोएवनले भारतमा दुई पाङ्ग्रे सवारीका लागि पहिलो...
आगामी आर्थिक वर्षको बजेटमा सरकारले १ सय किलोवाट भन्दा बढी क्षमताको मोटर...
नेपाल विद्युतीय व्यवसायी महासंघले मंसिर २२ देखी २५ गतेसम्म ‘इलेक्ट्रो टेक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...