बीवाईडी एट्टो३ संग प्रतिस्पर्धा गर्न आउँदै लिपमोटर बी१०, यस्तो छ ब्याट्री, मोटर र रेन्ज

लिप मोटरले आफ्नो नयाँ इलेक्ट्रिक क्रसओभर बी१० को प्रिसेल यहि मार्च १० देखी गर्ने भएको छ । कम्पनीले चिनियाँ बजारलाई लक्षित गरी पहिलो चरणमा यसको प्रिसेल थाल्न लागेको हो ।

बीवाईडी एट्टो३ संग सिधा प्रतिस्पर्धा गर्ने गरी तयार पारिएको बी१० को सुरुवाती मूल्य चिनमा १३ हजारदेखी २० हजार डलरसम्म पर्ने अनुमान गरिएको छ । यस नयाँ कारलाई कम्पनीले यसै वर्षको अन्त्यदेखी यूरोपमा समेत बिक्री थाल्ने तयारी गरेको छ । यूरोपमा यसको मूल्य बीवाईडी एट्टो३ भन्दा ५ हजार यूरो सस्तो पने बताइएको छ ।

लिप मोटरको बी सिरिज अन्तर्गत पहिलो मोडलका रुपमा बिक्री सुरु गर्न लागिएको यस नयाँ एसयूभीमा कम्पनीले ५६.२ किलोवाट अवारको एलएफपी ब्याट्री प्याक जडान गरेको छ । बी१० १३२ किलोवाट र १६० किलोवट क्षमतको मोटर भेरिएन्टमा उपलब्ध हुने जनाइएको छ ।

यस कारलाई एकपटक फुल चार्ज गरेपछि ५१० किलोमिटर रेन्ज दिने सिएलटिसीले दाबी गरेको छ । बी१० लिप मोटरको नयाँ ईभी प्लेटफर्म लीप ३.५ मोडुलर आर्किटेक्चरमा बनेको पहिलो ईभी समेत हो ।

साइजका हिसावले यो बीवाईडी एट्टो३ भन्दा ६० एमएम बढी लामो, ४० एमएम बढी चौडा र ४० एमएम नै बढी अग्लो हुनेछ । एडास फिचरलाई थप प्रभावकारी बानउन यसमा लिडार सेन्सर जडान गरिएको छ ।

लिप मोटर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको ईभी ब्रान्ड हो । नेपालमा हाल यसको सी१० एसयूभी र टी०३ ह्याचव्याक गरी दुईवटा मोडल उपलब्ध छ । राईट ह्यान्ड ड्राइभ बजारका लागी बिक्री सुरु भएसंगै यसको बी१० मोडल नेपाली बजारमा पनि उपलब्ध हुने सहजै अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले...

स्मार्टफोन निर्माता कम्पनी साओमीले सार्वजनिक ग-यो यस्तो इलेक्ट्रिक स्कुटर

स्मार्टफोन निर्माता कम्पनी साओमीले सार्वजनिक ग-यो यस्तो इलेक्ट्रिक स्कुटर

साओमीले १३ सिरिजको फाइभजी स्मार्टफोनका साथै इलेक्ट्रिक स्कुटर ४ अल्ट्रा,...

टेस्ला आयतमा कर छुट दिने कदमबाट पछि हट्यो भारत

टेस्ला आयतमा कर छुट दिने कदमबाट पछि हट्यो भारत

भारत सरकारले विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने कुनै प्रस्तावमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...