लिप मोटर्सको नेपाल आउने पहिलो ईभी टी–०३, यस्तो छ मूल्य

चिनियाँ अटो निर्माता लिप मोटर्सले उत्पादन गरेको इलेक्ट्रिक कार नेपाल आउने भएको छ । यूरोपेली अटो निर्माता स्टेलान्टिससंगको साँझेदारीमा इलेक्ट्रिक कार उत्पादन गरी विश्व बजारमा बिक्री गर्ने समझदारी भएसंगै कम्पनीले नेपालमा पनि आफ्नो नेटवर्क विस्तार गरेको हो ।

नेपालका लागि आधिकारिक वितरकका रुपमा बाणिज्य विकास प्रालिले लिप मोटर्सका कार आयत गरी बिक्री गर्न लागेको हो । कम्पनीले नेपाल आउने ह्याचब्याक कार टी–०३ को मूल्य सार्बजनिक समेत गरेको छ । कम्पनीका अनुसार उक्त कार ५५ र ८० किलोवाट क्षमतको इलेक्ट्रिक मोटरमा उपलब्ध हुनेछ । जसको मूल्य क्रमशः २४ लाख ९९ हजार र २७ लाख ९९ हजार निर्धारण गरिएको छ ।

सन् २०२० मा चिनमा लन्च भएको टी–०३ मा ३६.५ किलोवाट आवरको लिथियम–आयोन ब्याट्री जडान गरिएको छ । सो कारले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिने दावी गरिएको छ । चीनमा उक्त कार तीनवटा भेरिएन्टमा उपलब्ध छ ।

५ वटा ढोका भएको सो इलेक्ट्रिक ह्याचब्याकले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्छ । यसको ब्याट्रीमा कम्पनीले ८ बर्ष अर्थात १ लाख ५० हजार किलोमिटरको वारेन्टि दिएको छ । कारमा लेभल–२ अटोनोमस ड्राइभिङ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम र ८ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल लगायत फिचर पाउन सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...