लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लिप मोटरले हालै नेपाल ल्याएको नयाँ बिद्युतिय कार सी–१० को बिक्री भैरहवा र बुटवलमा समेत सुरु भएको छ । नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले सो नयाँ कारलाई भैरहवा र बुटवलमा भव्य समारोहसहित सार्वजनिक गरेको हो ।

आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लीप मोटर सी१० अब भैरहवा र बुटवलका ग्राहकहरूको लागि उपलब्ध रहेको र वुकिङ समेत खुल्ला गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा पाँचवटा लीपमोटर सी–१० ग्राहकलाई हस्तान्तरण समेत गरिएको थियो ।

कम्पनीका अनुसार सी–१० वातावरणमैत्री ग्राहकका लागि डिजाइन गरिएको छ । कारमा उपलब्ध अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनी भनाई छ ।

नेपालको प्रतिष्ठित घराना गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सांग्रिला मोटर्सले २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन ब्रान्डका गाडीहरु समेत बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

टेस्ला मोडल थ्रीलाई पछि पार्यो साओमी एसयू–७ ले, मोडल वाईसंग प्रतिस्पर्धा गर्न नयाँ ईभी ल्याउँदै

टेस्ला मोडल थ्रीलाई पछि पार्यो साओमी एसयू–७ ले, मोडल वाईसंग प्रतिस्पर्धा गर्न नयाँ ईभी ल्याउँदै

चिनियाँ टेक जायन्ट कम्पनी साओमीले ल्याएको एसयू–७ ले टेस्ला मोडल थ्रीलाई...

दिल्लीमा ईभी नीति २.०, २०२७ सम्ममा ९५ प्रतिशत ईभी कुदाउने लक्ष्य

दिल्लीमा ईभी नीति २.०, २०२७ सम्ममा ९५ प्रतिशत ईभी कुदाउने लक्ष्य

दिल्ली सरकारले बढ्दो वायु गुणस्तर समस्याहरूलाई सम्बोधन गर्न एक...

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा कहिले लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...