पहिले ४ वर्षमा बेचे जति कार बीवाईडीले १ वर्षमै बेच्यो, करिव ५ गुणा बढ्यो आम्दानी
रेकर्ड नम्बरमा इलेक्ट्रिक कार बिक्री गर्न सफल भएका कारण बीवाईडीको गत...
काठमाडौं–चीनमा निकै राम्रो बजार पाइरहेको लिपमोटरले न्यू इनर्जी भेइकल बजारमा तेस्रो स्थान हासिल गरेको छ । मे २०२५ को बिक्री तथ्याङ्कअनुसार लिपमोटरले ४५ हजार ०६७ युनिट गाडी बिक्री गरेको छ, जुन गत वर्षको सोहि महिनाको तुलनामा १४८.१५ प्रतिशतले बढि हो ।
मे महिनामा सबैभन्दा बढि ईभी बिवाईडीले बिक्री गरेको छ भने जिली ग्रुपले दोस्रो स्थान सुरक्षित गरेको छ । यी ब्रान्डले क्रमशः ३ लाख ७६ हजार ९३० र १ लाख ३८ हजार २१ युनिट ईभी बिक्री गरेका छन् ।
कम्पनिका अनुसार, २०२५ को पहिलो पाँच महिनामै लिपमोटरले कुल १ लाख ७३ हजार ६५८ युनिट कार बिक्री गरिसकेको छ । लिप मोटर अहिले चीनका प्रमुख इभी निर्माता ब्रान्डमध्ये एकको रूपमा स्थापित भएको छ ।
यो सफलताले लिपमोटरको अन्तर्राष्ट्रिय छवि थप मजबुत बनाएको र नेपालमा यसको यात्रा अझ बलियो बन्दै जाने आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले जनाएको छ । नेपाली ग्राहकहरूले वातावरणमैत्री यातायात समाधान खोजिरहेका बेला लिपमोटरको सफलताले यहाँको बजारमा थप विश्वास र उत्साह ल्याएको कम्पनीको भनाई छ ।
साङ्ग्रिला मोटर्सले हाल यसको सी१० र टी०३ मोडल आयात गरी बिक्री गर्दै आएको छ । कम्पनीले निकट भविष्यमा बी१० मोडल समेत ल्याउने तयारी तिब्र पारेको छ ।
रेकर्ड नम्बरमा इलेक्ट्रिक कार बिक्री गर्न सफल भएका कारण बीवाईडीको गत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाल चीन सीमानामा एमजी एस५ ईभी देखिएको छ । नेपाली बजारमा धेरैले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...