कोरोनाको असरः हुन्डाईको अल्काजार एसयूभी लन्चिङ स्थगित

हुन्डाई मोटर इन्डियाले हुन्डाई अल्काजारको लन्चिङ समय केही दिनको लागि स्थगित गरेको छ । कम्पनीले सो कार आज नै भारतीय बजारमा लन्च गर्ने घोषणा गरेको थियो । तर, कोरोना महामारी बढेसँगै सो कारको लन्चिङ समय केही दिनको लागि स्थगित गरिएको हो । कम्पनीले हुन्डाई अल्काजार भारतमा मे २०२१ मा लन्च गर्नेछ ।

हुन्डाई अल्काजार सेकेन्ड जेनेरेसन क्रेटाको ७ सिटर भर्सन हो । जसलाई कम्पनीले २०२० मा भारतीय बजारमा लन्च गरेको थियो । सोही कारण अल्काजारको फ्रन्ट र सी पिलर आदि सबै क्रेटा जस्तो देखिन्छ । यद्यपि सो कारको पछाडिको भाग क्रेटा भन्दा फरक रहेको छ ।

रिपोर्टका अनुसार सो कार क्रेटा भन्दा ३० एमएम लामो रहेको छ । यसको ह्वीलबेसको उचाई २० एमएम रहेको छ । सो कारको क्याबिनमा तेस्रो पंक्ति पनि रहेको छ । यसको दोेस्रो पंक्तिमा क्याप्टेनको लागि सिट समावेश गरिएको छ । यसको स्टाइल पुरै क्रेटा जस्तो रहेको छ । सो कारमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथै ब्लुलिंक कनेक्टेड कार टेक, भेन्टिेलेटेड सिट, फ्ल्याट बटन स्टेयरिङ ह्वील, ३६० डिग्री क्यामेरा र प्यानोरमिक सनरुफ जस्ता फिचर रहेको छ ।

भारतीय बजारमा हुन्डाई अल्काजार २ सिटिङ अप्सनमा उपलब्ध हुनेछ । यसमा ६ सिटर र ७ सिटर समावेश रहेको छ । रिपोर्टका अनुसार अल्काजार ३ इन्जिनको साथमा भारतमा लन्च गरिने छ । यसमा १.५ लिटर पेट्रोल इन्जिनले ११५ पीएसको अधिकतम पावर जेनेरेट गर्छ । यसको १.५ लिटर टर्बाे डिजेल इन्जिनले १३८ बीएचपी र १.४ लिटर टर्बाेचाज्र्ड इन्जिनले ११५ पीएसको पावर जेनेरेट गर्छ ।

सो कारको सबै भेरिएन्टमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड समावेश रहेको छ । साथै ग्राहकको लागि ७ स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प पनि रहेको छ । भारतीय बजारमा सो कारको मूल्य १२ लाख देखि १८ लाख भारुको बीच हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

फ्युचरिस्टिक डिजाइनमा उपलब्ध इलेक्ट्रिक कार आयोनिक ५ को नेपालमा भयो बिक्री सुरु

फ्युचरिस्टिक डिजाइनमा उपलब्ध इलेक्ट्रिक कार आयोनिक ५ को नेपालमा भयो बिक्री सुरु

काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी...

आज लन्च हुँदैछ हुन्डाई अल्काजार, यस्तो हुनेछ १५ मुख्य फिचर

आज लन्च हुँदैछ हुन्डाई अल्काजार, यस्तो हुनेछ १५ मुख्य फिचर

हुन्डाईले तीन पंक्ति भएको हुन्डाई अल्काजार लन्च गर्ने भएको छ । सो कार खरिद...

हुन्डाईले सीईएस २०२४ मा सार्वजनिक ग-यो इलेक्ट्रिक एयर ट्याक्सी

हुन्डाईले सीईएस २०२४ मा सार्वजनिक ग-यो इलेक्ट्रिक एयर ट्याक्सी

हुन्डाईले आफ्नो नयाँ एयर ट्याक्सी मोडलको प्रोटोटाइप एस–ए२ संसारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...