स्किम सहित सस्तो मूल्यमा बाइक र कार किन्न पाइने आज अन्तिम दिन

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न बाइक तथा कारहरु सस्तो मूल्यमा किन्नका लागि आज अन्तिम दिन हो । नेपाली बजारमा उपलब्ध विभिन्न नयाँ बाइक तथा कारका लागि आयातकर्ता कम्पनीहरुले उपलब्ध गराएको स्किम अन्तर्गतको सुविधा आज देखि बन्द हुँदैछ ।

आयातकर्ता कम्पनीहरुले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको अफर निषेधाज्ञाका कारण बैशाख १६ गते पश्चात उपलब्ध हुन सकेको थिएन । निषेधाज्ञाको समयमा घरैमा बस्नु परेको अवस्थामा धेरैले यसको प्रयोग गर्न पाएनन् । यही कुरालाई मनन गरी कम्पनीहरुले सो अफरको म्याद असार ३१ सम्म बढाएका थिए ।

हुन्डाई, फक्सवागन लगायतका कार कम्पनी र सुजुकी, बजाज लगायतका बाइक कम्पनीहरुले यस्ता अफर ल्याएका छन् । ५० प्रतिशत डाउन पेमेन्ट देखि लिएर शून्य प्रतिशत ब्याज सम्मको अफरमा यस्ता सवारी साधन किन्न पाइन्छ । नगद रकम बुझाएको आधारमा विभिन्न छुट स्किम समेत उपलब्ध छ ।

यी सबैका कारण आज सो अफर प्रयोग गर्न सकिने अन्तिम दिन हो । विशेष गरी नयाँ सवारी साधन किन्नै पर्नेहरुले यो अवसरको सदुपयोग गरी केही रकम भए पनि छुट प्राप्त गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा औपचारिक रुपमा भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट

नेपाली बजारमा औपचारिक रुपमा भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

होन्डाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ।...

प्रो होन्डा जेन्युइन इन्जिन आयल अब नेपालमा

प्रो होन्डा जेन्युइन इन्जिन आयल अब नेपालमा

काठमाडौं – नेपालका लागि होन्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...