बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – दसैं, तिहार, छठ र नेपाल संवत जस्ता नेपालीहरुका महान् पर्वहरुको अवसरमा विभिन्न अटोमोबाइल कम्पनीहरुले ल्याएका अफर आज सकिदै छन् । धेरै कम्पनीहरुले मंसिर १५ सम्मका लागि भनेर विभिन्न प्रकारका आकर्षक छुट अफर सार्वजनिक गरेका थिए ।
बाइक र कार किन्नेहरुका लागि फेस्टिभल अफर एक उपयुक्त समय हो । केही नगद छुट मात्र होइन, यो समयमा विभिन्न प्रकारका एसेसरिज, कर र अन्य छुटहरु प्रदान गरिएको हुन्छ । त्यसैले बाइक वा कार किन्न चाहनेहरुका लागि आज अन्तिम मौका हो ।
बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी, टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्स, भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स, मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड, हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल आदिले आज आफ्ना स्किमको अन्तिम दिन भएको बताएका छन् । यी वाहेक अन्य धेरै कम्पनीहरुले पनि आज फेस्टिभल अफरको अन्तिम दिन भएको बताइसकेका छन् ।
प्रत्येक वर्ष चाडपर्वको अवसरमा अटोमोबाइल कम्पनीहरुले विभिन्न प्रकारको अफर सार्वजनिक गर्ने प्रचलन छ । यो वर्ष कोरोना भाइरसको प्रकोप भएको कारण धेरै कारोबार नभएको अवस्थामा पनि कम्पनीहरुले ग्राहकका लागि फरक फरक प्रकारका विशेष अफर सार्वजनिक गरेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...