अटो लोनको जोखिम भार घट्ने, सवारी साधनको बिक्रीमा सुधार आउने
नेपाल राष्ट्र वैंकले चालु आर्थिक वर्षदेखी अटो लोनमा जाने कर्जाको जोखिम...
नेपालीहरुको महान चाडपर्वहरु दसैं, तिहार र छठ लगायतका पर्वहरुलाई लक्ष्यित गरी सार्वजनिक गरेका फेस्टिभल अफरको आज अन्तिम दिन हो । नेपालमा धेरै संख्यामा बिक्री हुने बाइक ब्रान्ड बजाज, यामाहा, टीभीएस र होन्डा लगायतको अफर आज सकिदै छ ।
बजाजले ल्याएको आधाको आधा, यामाहाले ल्याएको फेस्टिभ ह्याट्रिक, टीभीएसको कायापलट र होन्डाले ल्याएको साथ साथ छ जस्ता अफरको म्याद आज सकिदै छ । अधिकांश कम्पनीहरुले नयाँ मोटरसाइकल वा स्कुटर किन्दा नगद छुटका साथै अन्य विभिन्न अफर ल्याएका थिए ।
यी वाहेक अन्य विभिन्न कम्पनीका अफर पनि अब समाप्त हुँदै छन् । यससँगै चाडपर्व अफरका साथमा उपलब्ध हुने छुट अफर पनि समाप्त भएको छ । अब भने सामान्य अवस्थाकै जस्तो केही छुटमा मात्र सवारी साधन उपलब्ध हुनेछ । यद्यपि कम्पनीले समय समयमा यस्ता अफर भने ल्याएकै हुन्छन् ।
यद्यपि यो वर्ष गाडी वा मोटरसाइकल किन्न चाहने ग्राहकले रोजे अनुसारका गाडी वा मोटरसाइकल किन्न पाएनन् । गत बैशाख महिना देखि नै आवश्यक मात्रामा सवारी साधन भित्र्याउन नसकेका व्यवसायीहरुका लागि हाल सम्म नै यही कार्यले निरन्तरता पायो ।
बैंकहरुमा भएको तरलता अभाव मात्र होइन, मानिसहरुको क्रयशक्ति समेत घट्दै गएको अवस्थामा बजारमा माग अनुसारका सवारी साधन नहुँदा यो वर्षको चाडपर्व निरस बनेको छ । विगतका वर्षहरुमा दशैको समयमा नयाँ सवारी साधन किन्ने चलन नै भएकाले शोरुमहरुमा भिड नै देखिन्थ्यो । तर यो पटक त्यस्तो चहलपहल नै भएन ।
वार्षिक रुपमा हुने सवारी बिक्री मध्ये नाडा अटो शो देखि फेस्टिभ सिजन सम्म करिव ४० देखि ४५ प्रतिशत सेल्स हुने गरेको इतिहास छ । बाँकी करिब ६० प्रतिशत व्यवसाय ९ महिनामा हुने हो । हाल मंसिर २८ सम्मका लागि नै आयात प्रतिबन्धको अवस्था छ । केही समय पहिले सम्म नाडा ईभी एक्सपो २०२२ ले इलेक्ट्रिक सवारी साधनको व्यवसायमा मलजल गर्ने प्रयास गरे पनि अपेक्षित कारोबार भएन । कम्बसन इन्जिनबाट चल्ने सवारी साधनका लागि त झन् समस्या नै भयो ।
नेपाल राष्ट्र वैंकले चालु आर्थिक वर्षदेखी अटो लोनमा जाने कर्जाको जोखिम...
काठमाडौं – विद्युतीय सवारी साधन किन्नेहरुका लागि एनएमबि बैंकले विद्युतीय...
काठमाडौं – प्युजो र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...