फेस्टिभल अफर : अधिकांश मोटरसाइकल किन्ने अन्तिम मौका आज

नेपालीहरुको महान चाडपर्वहरु दसैं, तिहार र छठ लगायतका पर्वहरुलाई लक्ष्यित गरी सार्वजनिक गरेका फेस्टिभल अफरको आज अन्तिम दिन हो । नेपालमा धेरै संख्यामा बिक्री हुने बाइक ब्रान्ड बजाज, यामाहा, टीभीएस र होन्डा लगायतको अफर आज सकिदै छ ।

बजाजले ल्याएको आधाको आधा, यामाहाले ल्याएको फेस्टिभ ह्याट्रिक, टीभीएसको कायापलट र होन्डाले ल्याएको साथ साथ छ जस्ता अफरको म्याद आज सकिदै छ । अधिकांश कम्पनीहरुले नयाँ मोटरसाइकल वा स्कुटर किन्दा नगद छुटका साथै अन्य विभिन्न अफर ल्याएका थिए ।

यी वाहेक अन्य विभिन्न कम्पनीका अफर पनि अब समाप्त हुँदै छन् । यससँगै चाडपर्व अफरका साथमा उपलब्ध हुने छुट अफर पनि समाप्त भएको छ । अब भने सामान्य अवस्थाकै जस्तो केही छुटमा मात्र सवारी साधन उपलब्ध हुनेछ । यद्यपि कम्पनीले समय समयमा यस्ता अफर भने ल्याएकै हुन्छन् ।

यद्यपि यो वर्ष गाडी वा मोटरसाइकल किन्न चाहने ग्राहकले रोजे अनुसारका गाडी वा मोटरसाइकल किन्न पाएनन् । गत बैशाख महिना देखि नै आवश्यक मात्रामा सवारी साधन भित्र्याउन नसकेका व्यवसायीहरुका लागि हाल सम्म नै यही कार्यले निरन्तरता पायो ।

बैंकहरुमा भएको तरलता अभाव मात्र होइन, मानिसहरुको क्रयशक्ति समेत घट्दै गएको अवस्थामा बजारमा माग अनुसारका सवारी साधन नहुँदा यो वर्षको चाडपर्व निरस बनेको छ । विगतका वर्षहरुमा दशैको समयमा नयाँ सवारी साधन किन्ने चलन नै भएकाले शोरुमहरुमा भिड नै देखिन्थ्यो । तर यो पटक त्यस्तो चहलपहल नै भएन ।

वार्षिक रुपमा हुने सवारी बिक्री मध्ये नाडा अटो शो देखि फेस्टिभ सिजन सम्म करिव ४० देखि ४५ प्रतिशत सेल्स हुने गरेको इतिहास छ । बाँकी करिब ६० प्रतिशत व्यवसाय ९ महिनामा हुने हो । हाल मंसिर २८ सम्मका लागि नै आयात प्रतिबन्धको अवस्था छ । केही समय पहिले सम्म नाडा ईभी एक्सपो २०२२ ले इलेक्ट्रिक सवारी साधनको व्यवसायमा मलजल गर्ने प्रयास गरे पनि अपेक्षित कारोबार भएन । कम्बसन इन्जिनबाट चल्ने सवारी साधनका लागि त झन् समस्या नै भयो ।

सम्बन्धित समाचारहरू

अटाे लाेन : ९ बैंकले बढाउँदा ११ बैंकले घटाए, कुनले कति ?

अटाे लाेन : ९ बैंकले बढाउँदा ११ बैंकले घटाए, कुनले कति ?

काठमाडौं – पछिल्लो समय  आर्थिक शिथिलताका बिच समेत अटो लोनको व्यावसायिक...

हुन्डाईका इलेक्ट्रिक कार किन्न अब ९.९९ प्रतिशत ब्याजदर

हुन्डाईका इलेक्ट्रिक कार किन्न अब ९.९९ प्रतिशत ब्याजदर

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा दिने

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...