नेपाल भित्रिएका याडियाका सबै इलेक्ट्रिक स्कुटर सोल्ड आउट, पायो उत्कृष्ट मार्केटिङ अवार्ड

काठमाडौं – याडिया ब्रान्डको इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले २०२१ को उत्कृष्ट मार्केटिङ अवार्ड पाएको छ ।

चिनियाँ ब्रान्ड याडियाले प्रत्येक वर्ष विभिन्न विधामा अवार्ड वितरण गर्दै आएको छ । ती अवार्ड मध्ये यो वर्षको उत्कृष्ट मार्केटिङ अवार्ड कुजु नेपालले पाएको हो ।

कुजु नेपाल प्रालिका निर्देशक उमिद श्रेष्ठका अनुसार हाल कोरोनाका कारण चीनमा कार्यक्रम गर्ने वातावरण नभएकाले कम्पनीले सो पुरस्कारको घोषणा मात्र गरेको छ ।

याडिया ब्रान्डका तीन मोडल एस–लाइक, जी५ र सी१एस गत असार महिनामा नेपाली बजारमा भित्रिएका थिए । निर्देशक श्रेष्ठका अनुसार डेढ महिनाकै अवधिमा नेपाली बजारमा याडियाका ५० युनिट इलेक्ट्रिक स्कुटर बिक्री भएका थिए ।

हाल याडियाका सबै स्कुटर सोल्ड आउट भइसकेका छन् । आगामी फेब्रुअरी महिना अन्त्य सम्ममा नयाँ लट नेपाली बजारमा भित्र्याउने तयारी भइरहेको श्रेष्ठले बताए ।

चिनियाँ ब्रान्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा विक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रिक स्कुटर विक्री गर्ने कम्पनी पनि बन्न सफल भएको थियो ।

कुजु नेपाल प्रालिले युरोपियन स्ट्यान्डर्डका नेपाली बजार सुहाउँदो उत्कृष्ट स्कुटर नेपाली बजारमा ल्याएको बताउदै आएको छ ।

सम्बन्धित समाचारहरू

लुम्बिनी प्रदेशमा सवारी कर : यस्तो छ दर

लुम्बिनी प्रदेशमा सवारी कर : यस्तो छ दर

नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ । लुम्बिनी प्रदेशले...

नक्सालमा खुल्दै प्रिमियम ईभी स्काइवेलको शोरुम

नक्सालमा खुल्दै प्रिमियम ईभी स्काइवेलको शोरुम

काठमाडौं – अटोमोबाइल हबको रुपमा परिचित नक्सालमा अब प्रिमियम ईभी...

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

काठमाडौं – विश्वकै सर्वाधिक सफल इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...