कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै

काठमाडौं – कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

बैंकको शाखा कार्यालय कुपण्डोल ललितपुरबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

बैंकले नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्जमा दर्ता कायम रहेको ना ७ ख ४३२ नम्बरको टाटा मोटर्स एमसीभी एयर बस र बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय ललितपुरमा दर्ता कायम रहेको बा १६ च ६०३९ नम्बरको महिन्द्रा स्कोर्पियो एसटु टुडब्लुडी बिक्री गर्ने भएको हो ।

त्यसैगरी कर्मचारी सञ्चय कोषले कोषको पुल्चोक भवनस्थित अण्डरग्राउण्डमा रहेका ९ वटा पुराना २ पाङ्ग्रे मोटरसाईकल बिक्री गर्ने जनाएको छ । साथै, फर्निचरका सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्नेछ ।

खरिद गर्न इच्छुक ब्यक्ति, फर्म तथा कम्पनीले ७ दिनभित्र पुल्चोकस्थित भण्डार शाखाबाट बोलपत्र खरिद गरी पेश गर्न सकिने कोषले जनाएको छ ।

सम्बन्धित समाचारहरू

यी एसयूभी किन्न भारतमै २१ महिना सम्म पर्खिनु पर्ने, नेपालमा कहिले ?

यी एसयूभी किन्न भारतमै २१ महिना सम्म पर्खिनु पर्ने, नेपालमा कहिले ?

कार निर्माणमा प्रयोग हुने सेमीकन्डक्टरको अभावका कारण एसयूभीको लागि लामो...

यो हो पेट्रोलबाट चल्ने विश्वकै शक्तिशाली कार : उत्पादन सुरु

यो हो पेट्रोलबाट चल्ने विश्वकै शक्तिशाली कार : उत्पादन सुरु

स्पोर्ट्स कार निर्माता कम्पनी एस्टन मार्टिनले आफ्नो पहिलो एस्टन मार्टिन...

महिन्द्राले ५ बर्षभित्र १३ नयाँ मोडल थप्ने, ८ वटा मोडल इलेक्ट्रिक हुने

महिन्द्राले ५ बर्षभित्र १३ नयाँ मोडल थप्ने, ८ वटा मोडल इलेक्ट्रिक हुने

भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले ५ बर्षभित्र १३ वटा नयाँ मोडलका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...