महिन्द्राको गाडीमा बीवाईडीको ब्याट्री, यसकारण छ दमदार पर्फमेन्स
कुनै पनि कार निर्माताका लागि ब्याट्री प्रविधिको विकास गर्नु सबैभन्दा कठिन...
काठमाडौं – कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।
बैंकको शाखा कार्यालय कुपण्डोल ललितपुरबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।
बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
बैंकले नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्जमा दर्ता कायम रहेको ना ७ ख ४३२ नम्बरको टाटा मोटर्स एमसीभी एयर बस र बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय ललितपुरमा दर्ता कायम रहेको बा १६ च ६०३९ नम्बरको महिन्द्रा स्कोर्पियो एसटु टुडब्लुडी बिक्री गर्ने भएको हो ।
त्यसैगरी कर्मचारी सञ्चय कोषले कोषको पुल्चोक भवनस्थित अण्डरग्राउण्डमा रहेका ९ वटा पुराना २ पाङ्ग्रे मोटरसाईकल बिक्री गर्ने जनाएको छ । साथै, फर्निचरका सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्नेछ ।
खरिद गर्न इच्छुक ब्यक्ति, फर्म तथा कम्पनीले ७ दिनभित्र पुल्चोकस्थित भण्डार शाखाबाट बोलपत्र खरिद गरी पेश गर्न सकिने कोषले जनाएको छ ।
कुनै पनि कार निर्माताका लागि ब्याट्री प्रविधिको विकास गर्नु सबैभन्दा कठिन...
काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको...
महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने इलेक्ट्रिक कार एक्सयूभी डट ई८ को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...