केटिएमको एड्भेन्चर मोटरसाइकलमा एएमटी गियर बक्स जडान हुने

प्राय कारमा मात्रै प्रयोग हुने अटोमेटिक ट्रान्समिसन(एएमटी) अब मोटरसाइकलमा पनि जडान हुने भएको छ । प्रख्यात टु ह्विलर उत्पादक केटिएमले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकलमा एएमटी ट्रान्समिसन दिन लागेको हो । कम्पनीले हालै एएमटी ट्रान्समिसन जडित मोटरसाइकल १३९० सुपर एड्भेन्चरको प्रोटोटाइप र टिजर बाहिर ल्याएको छ ।

अष्ट्रियामा हालै देखाइएको टिजर अनुसार यसको प्रोटोटाइपमा परम्परागत मोटरसाइकलमा जस्तै ह्यान्डलबार माउन्टेड सिफ्टर सहितको गियर लिभर, प्याडल र ट्रिगर देखाइएको छ । ह्यान्डलबारमा क्लच लिभर नभएका कारण यसको गियरलाई पैँताला र ह्यान्डलबार मार्फत सञ्चाल गर्न सकिन्छ ।

मोटरसाइकलमा एएमटी गियरवक्स जडान गर्न लागेको केटिएम पहिलो ब्रान्ड भने होइन । यसअघि होन्डाले अफ्रिका ट्विन र गोल्डविंगमा डिसिटी गियर वक्सलाई प्रयोगमा ल्याइसकेको छ ।

यसैगरी, बिएमडब्लुले आफ्नो बाइकमा एएमटी गियरवक्स राख्न यसको पेटेन्ट समेत दर्ता गरिसकेको छ । यी सबै ब्रान्डले आफ्नो उच्च सिसी क्षमताका एड्भेन्चर मोटरसाइकलमा एएमटी गियर वक्स प्रयोग गर्न लागेका हुन् ।

सम्बन्धित समाचारहरू

नयाँ ३९० एड्भेन्चर एक्समा यी हुन् अझै उपलब्ध र हटाइएका ५ फिचर

नयाँ ३९० एड्भेन्चर एक्समा यी हुन् अझै उपलब्ध र हटाइएका ५ फिचर

केटीएमले ३९० एड्भेन्चरको सस्तो भेरिएन्ट ‘३९० एड्भेन्चर एक्स’ लन्च गरेको छ...

बेनेली बाइकको नयाँ बजेट नयाँ मूल्य

बेनेली बाइकको नयाँ बजेट नयाँ मूल्य

काठमाडौँ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर...

केटीएम १२५, २५० र ३९० ड्युकको विश्वव्यापी रिकल, नेपालमा छैन समस्या

केटीएम १२५, २५० र ३९० ड्युकको विश्वव्यापी रिकल, नेपालमा छैन समस्या

केटीएमले ड्युक सिरिजका १२५, २५० र ३९० मोडलका मोटरसाइकललाई विश्वभरबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...