केटिएमले सर्भिस क्याम्प आयोजना गर्ने, स्पेयर पार्टस्, ल्युव र लेवर चार्जमा छुट

केटिएम तथा हस्कभर्ना मोटरसाइकलनको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले १३ गतेदेखी सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । ४ दिनसम्म चल्ने सो क्याम्प नक्सालस्थित कम्पनीको सर्भिस सेन्टरमा अयोजना हुने बताइएको छ ।

उक्त क्याम्पमा केटिएम र हस्कभर्ना मोटरसाइकलको जेन्यूइन पार्टस र इन्जिन आयलमा १५ प्रतिशत तथा लेवर चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । डाइग्नोस्टिक टुलबाट बाइकको स्क्यान गरी समस्या पत्ता लगाई सोहि अनुरुप मर्मतसम्भार गरिने कम्पनी स्रोतको भनाई छ । क्याम्पमा आउने ग्राहकलाई निशुल्क वासिङको कुपन र गिफ्ट ह्याम्पर समेत प्रदान गरिनेछ ।

केटिएमको नेपाली बजारमा न्याकेड, स्पोर्ट र एड्भेन्चर सेग्मेन्टमा कुल ८ वटा मोडलका मोटरसाइकल उपलब्ध छन् । यी बाइकको मूल्य ५ लाख ४५ हजारदेखी २४ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।
्

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...