केटीएमको संकट टर्दै, अस्ट्रियामा मोटरसाइकल उत्पादन पुनः सुरु

वित्तीय रुपमा संकटग्रस्त बनेको केटीएमले अष्ट्रियामा मोटरसाइकल उत्पादन पुनः सुरु गरेको छ ।

कम्पनी निरन्तर घाटामा गएपछि केटीएमलाई वित्तीय व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो र सोही क्रममा २९ डिसेम्वर २०२४ देखी उसले आफ्नै घरेलु बजारमा उत्पादन बन्द गर्नु परेको थियो । त्यसयता कम्पनीमा कार्यरत धेरै कर्मचारीले जागिर छाडिसकेका छन् ।

केटीएमले ऋणदाताहरूलाई भुक्तानी गर्नुपर्ने ६०० मिलियन युरोको सिमा मे २३, २०२५ सम्म पुगेपछि पुनः उत्पादन सुरु गरेको हो । ६०० मिलियन यूरो भुक्तानी गरेपछि पनि उससंग अझै ठूलो रकम दायित्व बाँकी नै रहनेछ । जसलाई जुटाउन केटीएमले अन्तराष्ट्रिय साझेदारहरुसंग हारगुहार गरिरहेको छ ।

केटीएमका प्रवक्ताले उत्पादन पुनः सुरु भएको पुष्टि गरे पनि उनले कुन मोडलहरू उत्पादन भइरहेका छन् र ती बाइकहरू कहिलेसम्म डिलरशिपमा पुग्नेछन् भन्ने बारेमा टिप्पणी गरेनन् । केटीएममा भारतिय अटो उत्पादक बजाजको पनि ठूलो लगानी रहेको छ ।

सम्बन्धित समाचारहरू

लन्च भयो नयाँ केटिएम ३९० एड्भेन्चर, यस्तो छ मूल्य र विशेषता

लन्च भयो नयाँ केटिएम ३९० एड्भेन्चर, यस्तो छ मूल्य र विशेषता

केटिएमले भारतमा ३९० एडभेन्चरको २०२५ संस्करण लन्च गरेको छ । स्ट्यान्डर्ड र...

नयाँ ड्यूक २५० को बुकिङ खुला, पुरानो भन्दा ५ हजारले महंगो

नयाँ ड्यूक २५० को बुकिङ खुला, पुरानो भन्दा ५ हजारले महंगो

काठमाडौं– २०२४ केटिएम ड्यूक २५० को बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक...

विश्वभर १०० युनिट मात्र उत्पादन हुने केटीएम स्पोर्ट बाइक ४ मिनेट ३२ सेकेन्डमै सोल्ड आउट

विश्वभर १०० युनिट मात्र उत्पादन हुने केटीएम स्पोर्ट बाइक ४ मिनेट ३२ सेकेन्डमै सोल्ड आउट

केटीएमले गत हप्ता अर्थात जुलाई २२ मा आरसी ८सी बाइकका लागि प्रि–अर्डर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...