लन्चिङ समयमै एकै पटक ५० युनिट बिक्री गरेको जेन ३ केटीएम ड्युक २५० सोल्ड आउट
काठमाडौं – केही दिन पहिले मात्र बिक्री प्रारम्भ गरेको नयाँ थर्ड जेनेरेसन...
वित्तीय रुपमा संकटग्रस्त बनेको केटीएमले अष्ट्रियामा मोटरसाइकल उत्पादन पुनः सुरु गरेको छ ।
कम्पनी निरन्तर घाटामा गएपछि केटीएमलाई वित्तीय व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो र सोही क्रममा २९ डिसेम्वर २०२४ देखी उसले आफ्नै घरेलु बजारमा उत्पादन बन्द गर्नु परेको थियो । त्यसयता कम्पनीमा कार्यरत धेरै कर्मचारीले जागिर छाडिसकेका छन् ।
केटीएमले ऋणदाताहरूलाई भुक्तानी गर्नुपर्ने ६०० मिलियन युरोको सिमा मे २३, २०२५ सम्म पुगेपछि पुनः उत्पादन सुरु गरेको हो । ६०० मिलियन यूरो भुक्तानी गरेपछि पनि उससंग अझै ठूलो रकम दायित्व बाँकी नै रहनेछ । जसलाई जुटाउन केटीएमले अन्तराष्ट्रिय साझेदारहरुसंग हारगुहार गरिरहेको छ ।
केटीएमका प्रवक्ताले उत्पादन पुनः सुरु भएको पुष्टि गरे पनि उनले कुन मोडलहरू उत्पादन भइरहेका छन् र ती बाइकहरू कहिलेसम्म डिलरशिपमा पुग्नेछन् भन्ने बारेमा टिप्पणी गरेनन् । केटीएममा भारतिय अटो उत्पादक बजाजको पनि ठूलो लगानी रहेको छ ।
काठमाडौं – केही दिन पहिले मात्र बिक्री प्रारम्भ गरेको नयाँ थर्ड जेनेरेसन...
१० वर्षपछि सुपर मोटो टुरर सेग्मेन्टमा केटीएम ८९० एसएमटी बाइक पुनरागमन...
केटीएमले आफ्नो आउँदै गरेको नयाँ बाइक आरसी ३९० को टिजर सार्वजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...