केटीएम आरसी ३९० लन्च हुँदै, यस्तो हुनेछ मूल्य र प्रतिस्पर्धा

केटीएमको नयाँ स्पोर्ट्स बाइक आरसी३९० चाँडै नै भारतीय बजारमा लन्च हुने भएको छ । कम्पनीको आधिकारिक वेबसाइटमा यो बाइक लिस्ट गरिएको छ, जसले यो बाइक छिट्टै बजारमा आउने बताइएको छ ।

केटीएम आरसी३९० बाइकमा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध मोडलमा पाइने सबै नयाँ स्पेसिफिकेशनहरू हुनेछ । यसमा नयाँ ट्रयाक्सन कन्ट्रोल सिस्टम, कर्नरिङ एबीएस, क्विकसिफ्टर, टिएफटी डिस्प्ले र मल्टिफंक्शन स्विचगियर पनि हुनेछ, जुन नयाँ ३९० एड्भेन्चर र ३९० ड्युकमा पनि उपलब्ध छ ।

केटीएम आरसी३९० मा बीएस–६, ३७३ सीसी सिंगल सिलिन्डर, लिक्विडकुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिनेछ जसले ९००० आरपीएममा ४२.९ बीएचपीको अधिकतम पावर र ७००० आरपीएममा ३७ एनएमको टर्क जेनेरेट गर्छ ।

सो बाइकमा सिंगल प्याड हेडलाइटका साथै अन्तर्राष्ट्रिय स्पेक २०२२ आरसी ३९० मा भएको फेयरिङ माउन्टेड रियरभ्यु मिरर पनि समावेश छ । यसको साथै टर्न इन्डिकेटर सेटअप, नयाँ र शार्प फेयरिङ डिजाइन, १३.७ लिटरको फ्युल ट्याङ्की र साइड स्लङ्ग एक्जस्ट पनि समावेश गरिएको छ ।

केटीएम आरसी३९० बाइकको मूल्य २ लाख ७५ हजार देखि २ लाख ८० हजार भारुसम्म हुने अनुमान गरिएको छ । सो बाइक यसै महिनाको अन्त्यमा लन्च हुने सम्भावना छ । लन्चिङ पछि सो बाइक कावासाकी निन्जा ३०० र टीभीएस अपाचे आरआर३१० सँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

केटीएमले आफ्नो सबैभन्दा सानो इन्जिनयुक्त मोडल ड्यूक १६० को नयाँ भेरिएन्ट...

केटीएमको संकट टर्दै, अस्ट्रियामा मोटरसाइकल उत्पादन पुनः सुरु

केटीएमको संकट टर्दै, अस्ट्रियामा मोटरसाइकल उत्पादन पुनः सुरु

वित्तीय रुपमा संकटग्रस्त बनेको केटीएमले अष्ट्रियामा मोटरसाइकल उत्पादन...

धमाधम बाइक डेलिभरी गर्दै केटीएम, नयाँ मोडल समेत उपलब्ध

धमाधम बाइक डेलिभरी गर्दै केटीएम, नयाँ मोडल समेत उपलब्ध

ओमोडा एन्ड जेको लगायतका विभिन्न ईभी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...