५५०० मिटर उचाइमा अवस्थित ढुकुङ्ला पास पुग्ने पहिलो मोटरसाइकल बन्यो केटीएम ३९० इन्डुरो
काठमाडौं–केटिएमले हालसालै लन्च गरेको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर...
केटीएमले आरसी २०० को नयाँ संस्करणमा केही फिचर अपडेट गरेको छ । आरसी २०० को २०२५ संस्करणलाई कम्पनीले चुपचाप अपडेट गरेको हो । बाइक अब कलर टिएफटी डिस्प्ले र नयाँ स्विचगियर सहित आउँनेछ ।
अपडेट गरिएको आरसी २०० हालै भारतस्थित एक स्टकयार्डमा देखिएको थियो । बाइकमा कलर टिएफटी स्क्रिन राखिएको छ, जसले स्मार्टफोन कनेक्टिभिटी र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू प्रदान गर्दछ । यसको इन्स्ट्रयुमेन्ट कन्सोलमा मेनुहरू पहुँच गर्न चारवटा बटनहरू सहितको नयाँ स्विच क्युब समेत उपलब्ध गराइएको छ ।
आरसी २०० मा कुनै पनि मेकानिकल परिवर्तनहरू भने गरिएको छैन । बाइकमा १९९.५ सीसी, लिक्विड–कुल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले २५.४ बीएचपी पावर र १९.५ एनएम टर्क जेनेरेट गर्दछ ।
सस्पेन्सन सेटअपको कुरा गर्नुपर्दा बाइकको अगाडि डब्लुपी एपेक्स यूएसडी फोर्क र पछाडि डब्लुपी मोनो–शक समावेश गरिएको छ । दुबै चक्कामा डिस्क ब्रेक राखिएको यस मोटरसाइकलमा डुअल–च्यानल एबीएस समेत उपलब्ध गराइएको छ ।
केटीएम आरसी नेपाली बजासमा समेत उपलब्ध रहँदै आएको मोटरसाइकल हो । हंसराज हुलासचन्द एन्ड कम्पनीले बिक्री गर्ने यस मोटरसाइकलको मूल्य नेपाली बजारमा ६ लाख ९५ हजार रुपैयाँ पर्छ ।
काठमाडौं–केटिएमले हालसालै लन्च गरेको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर...
केटीएमले आफ्नो सबैभन्दा सानो इन्जिनयुक्त मोडल ड्यूक १६० को नयाँ भेरिएन्ट...
आर्थिक वर्ष २०७९/८० का लागि सार्बजनिक गरिएको बजेटमा सरकारले २ सय सीसीमाथि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...