नाइमा मोबिलिटी एक्सपोमा केटीएमका ६ नयाँ मोडल सार्वजनिक

काठमाडौं – केटीएम नेपालले ६ वटा नयाँ मोडल सार्वजनिक गरेको छ। हिजो देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा कम्पनीले २०२५ भर्सनका ६ नयाँ मोडल सार्वजनिक गरेको हो।

नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यी मोडल सार्वजनिक गरेको हो । एक्सपोमा कम्पनीको स्टल डी१, हल डी रहेको छ।

कम्पनीले २०० ड्युक, २५० ड्युक, ३९० ड्युक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर र ३९० इन्ड्युरो आरको नयाँ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार २०० ड्युकको ५ लाख ९९ हजार ९ सय, २५० ड्युकको ७ लाख १४ हजार ९ सय, ३९० ड्युकको ९ लाख ४९ हजार ९ सय, २५० एडभेन्चरको ७ लाख ४९ हजार ९ सय, ३९० एडभेन्चरको १० लाख ७४ हजार ९ सय र ३९० एन्ड्युरो आरको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ।

आक्रामक डिजाइन, प्रविधियुक्त फिचर र दमदार पर्फमेन्स सहित केटीएमका यी नयाँ मोडल सडक र अफरोड दुवैका लागि तयार भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

१६० सीसीमा पनि आयो केटीएम ड्युक, मूल्य कति ?

१६० सीसीमा पनि आयो केटीएम ड्युक, मूल्य कति ?

केटीएमले १६० सीसी सेग्मेन्टमा सबैभन्दा शक्तिशाली मोटरसाइकल १६० ड्युक...

बेनेलीको एउटै मोटरसाइकलमा १ लाख १० हजार रुपैयाँ छुट, यस्तो छ कारण

बेनेलीको एउटै मोटरसाइकलमा १ लाख १० हजार रुपैयाँ छुट, यस्तो छ कारण

काठमाडौं – बेनेलीको ११०औं वार्षिकोत्सवको अवसरमा बेनेलीको हालै नेपाल...

सीट हाइट कम भएर आउँदै केटिएम २५० र ३९० एड्भेन्चर

सीट हाइट कम भएर आउँदै केटिएम २५० र ३९० एड्भेन्चर

केटीएमले आफ्नो एड्भेन्चर मोटरसाइकल २५० र ३९० लाई सिट हाइट कम गरेर नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...