केटीएमको नयाँ २०२७ फ्रीराइड ई पेश, १.५ घण्टामा चार्ज हुने र शक्तिशाली अफरोड प्रदर्शन

केटीएमले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक अफरोड मोटरसाइकल २०२७ फ्रीराइड ई पेश गरेको छ। एक दशकभन्दा बढी समयदेखि लोकप्रिय रहँदै आएको सो मोडलको नयाँ संस्करणमा प्रदर्शन, ब्याट्री क्षमता र प्रविधिमा उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ ।

नयाँ फ्रीराइड ई मा वाटरप्रुफ र डस्टप्रुफ इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले २५.५ बीएचपीको पावर र ३७ एनएम टर्क उत्पादन गर्छ । सो बाइकको टप स्पिड ९५ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा इको, नर्मल र स्पोर्ट गरी ३ राइडिङ मोड उपलब्ध गराएको छ । साथै, ब्याट्री बचतका लागि तीन तहका रिजेनरेटिभ ब्रेकिङ सिस्टम पनि समावेश गरिएको छ ।

सो बाइकको प्रमुख विशेषता भनेको यसको ५.५ किलोवाट आवर क्षमताको लिथियम-आयन ब्याट्री हो, जुन सजिलै हटाउन र साट्न सकिने बनाइएको छ । पूर्ण चार्जपछि सो बाइकले करिब २ देखि ३ घण्टासम्म चल्ने क्षमता राख्छ। कम्पनीका अनुसार ब्याट्रीले १ हजार पटकसम्म पूर्ण चार्ज गरेपछि पनि करिब ८० प्रतिशत क्षमता कायम राख्नेछ, जसले दीर्घकालीन प्रयोगका लागि विश्वसनीयता प्रदान गर्छ।

चार्जिङ सिस्टममा पनि सुधार गरिएको छ । यसमा ६६० वाट चार्जर प्रयोग गर्दा फुल चार्ज हुन करिब ८ घण्टा लाग्ने भए पनि ३.३ किलोवाटको फास्ट चार्जरमार्फत सो बाइक केवल १.५ घण्टामै पूर्ण चार्ज गर्न सकिन्छ । करिब २९ किलोग्राम तौल भएको ब्याट्री आवश्यक परेमा १० मिनेटभन्दा कम समयमा निकाल्न सकिने सुविधा दिइएको छ।

बाइकको कुल वजन केवल ११२ किलोग्राम छ। बाइकलाई बलियो र टिकाउ बनाउन क्रोम-मोली स्टील फ्रेमसँगै आल्मुनियम र प्रबलित नायलन सबफ्रेम प्रयोग गरिएको छ । कन्ट्रोलिङ र आरामका लागि डब्ल्यूपी सस्पेन्सन सिस्टम जडान गरिएको छ भने फ्रन्टमा २१ इन्च र रियरमा १८ इन्चका ठुला पाङ्ग्रासहित मिशेलिनका एन्डुरो टायरहरू प्रयोग गरिएको छ।

सम्बन्धित समाचारहरू

१०० किलोवाट सम्मको मोटरमा बीवाईडी एट्टो ३ आउने, आज मूल्य सार्वजनिक हुने

१०० किलोवाट सम्मको मोटरमा बीवाईडी एट्टो ३ आउने, आज मूल्य सार्वजनिक हुने

काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ अब १००...

भदौ मसान्त सम्मको तथ्यांक : गत वर्ष भन्दा करिव ३ गुणा बढी विद्युतीय सवारी भित्रिए नेपाल

भदौ मसान्त सम्मको तथ्यांक : गत वर्ष भन्दा करिव ३ गुणा बढी विद्युतीय सवारी भित्रिए नेपाल

काठमाडौं – चालु आर्थिक वर्षको भदौ मसान्त सम्ममा गत आर्थिक वर्षको सोही...

चेरीको पहिलो ईभी पिकअप लन्च, यस्तो छ मूल्य र विशेषता

चेरीको पहिलो ईभी पिकअप लन्च, यस्तो छ मूल्य र विशेषता

चेरी अटोमोबाइलले आफ्नो पहिलो पूर्ण–विद्युतीय पिकअप ट्रक, हिमला (रिली आर०८)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...