ग्राहकका लागि ‘प्रो–एक्सपेरियन्स’ ल्याउँदै केटीएम, राइडिङ र रोमाञ्चको मिश्रण पाइने

काठमाडौं – प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले केटीएम चालकहरुलाई प्रिमियम, प्रो–बाइकिङ अनुभव प्रदान गर्न विभिन्न उत्साहजनक प्रपर्टिजहरुको घोषणा गरेको छ । यसमा केटीएम एड्भेन्चर टुर्स पनि समावेश छ, जसमा विज्ञहरुको निर्देशनमा विभिन्न रोमाञ्चक स्थानहरुमा उकाली–ओरालीको मजा लिने लामो–दूरीका टुरहरु पर्छन् भने केटीएम राइडस्मा सु–प्रसिद्ध गन्तव्यहरुमा लामो विकेन्डको यात्रा पर्दछ, जसमा विज्ञ राइडरहरुको निर्देशनमा राइडिङ र रोमाञ्चको अद्भूत मिश्रण पाइन्छ ।

केटीएमले मास्टर ट्रेनरहरुको मद्दतले केटीएम राइडरहरुलाई उनीहरुको अनुभवद्वारा निर्देशित गर्नेछ । मास्टर ट्रेनरहरु स्थापित राइडरहरु हुन् र ट्रेल्स, टम्र्याक र ट्रयाकहरुको स्पेसलिस्ट (विशेषज्ञ) हुन् । यी रोमाञ्चक कार्यक्रमहरुमा मास्टर ट्रेनरहरुको पूर्ण निर्देशन हुनेछ र आफ्नो कौशलता र अनुभव बाँड्नको लागि केटीएम राइडरहरुका साथ उनीहरु पनि सो प्रो एक्सपिरियन्सेसमा सँगै हुनेछन् ।

केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रोबाइकिङ तर्फका डीजीएम विजय मोक्तानले नेपाली बाइकिङ उत्साहीहरुको माझमा केटीएम सबैभन्दा मन पराइएको युरोपियन मोटरसाइक्लिङ ब्रान्ड भएको र केटीएमले नेपाली ग्राहकहरुलाई विश्व–स्तरीय प्रो–बाइकिङ अनुभव प्रदान गर्न चाहेको बताए । ग्राहकहरुले केटीएम बाइक खरिद गरेमो उत्कृष्ट मेसिन मात्र नभई ट्रयाक, एड्भेन्चर वा स्ट्रिटहरुमा प्रो–एक्सपिरियन्सेस प्राप्त गर्ने बाटो पनि पाउने उनले बताए । प्रो–एक्सपिरियन्सेसको पहिलो यात्राको घोषणा गर्न पाउँदा आफूहरु ज्यादै खुसी भएको समेत उनले बताए ।

केटीएम एड्भेन्चर टुर्सले भर्खरै लन्च गरिएको केटीएम ३९० एड्भेन्चरको लागि पहिलो ओनर संलग्नता कृयाकलापहरु निर्दिष्ट गरेको छ । यस अन्तर्गत विभिन्न लामो–दूरीका मार्की राइडहरु समावेश छन्, जसमा सु–प्रसिद्ध अद्भूत गन्तव्यहरुमा यात्रा गर्ने अवसरहरु प्राप्त हुनेछ । यी टुरहरु ७–८ दिनको हुनेछ । एड्भेन्चरको वास्तविक अनुभूति दिने यस यात्रामा केटीएम मास्टर ट्रेनरहरु र राइड विज्ञहरुको निर्देशनमा विभिन्न रोमाञ्चक स्थानहरुमा उकाली–ओरालीको मजा लिन सकिनेछ । यी हरेक टुरहरुमा मद्दत र सुरक्षाको लागि सम्पूर्ण तवरले इक्विप्ड टोलीका साथ सेवा र मेडिकल सपोर्टको साथ हुनेछ ।

केटीएम राइडस्लाई स्ट्रिट रेन्ज ओनरहरुका लागि उत्कृष्ट लामो विकेन्ड गेटअवेको रुपमा परिकल्पना गरिएको छ । मुख्य शहरहरुबाट सुरु भएर उत्साहजनक लोकेसनमा हुने यी २/४ दिने टुरहरुमा शानदार रोमाञ्चक राइडिङ र समकालीन राइडरहरुसँगको रमाइलो बोन्डिङको संमिश्रण पाइनेछ । ओनरहरुले अब सु–प्रसिद्ध गन्तव्यहरुमा यात्रा गर्ने अवसर प्राप्त गर्नेछन् ।

केटीएम राइड्सको लिड वर्षौंको राइडिङ अनुभव बोकेको केटीएम राइड विज्ञहरुद्वारा गरिनेछ । हरेक टुरहरुमा उच्चस्तरीय सुरक्षाको लागि सम्पूर्ण तवरले इक्विप्ड टोलीका साथ सेवा र मेडिकल सपोर्टको साथ हुनेछ ।

यी प्रपर्टिज बारे नियमित अपडेटहरु लिनको लागि केटीएमका सोसल मिडिया पेजहरुलाई फलो गर्न समेत केटीएम नेपालले अनुरोध गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...