केटिएमले किन्यो एमभी अगस्टाको २५.१ प्रतिशत सेयर
स्पोर्ट्स वाइक उत्पादनमा ख्याती कमाएका दुई प्रख्यात टु ह्विलर कम्पनी...
काठमाडौं – केही दिन पहिले मात्र बिक्री प्रारम्भ गरेको नयाँ थर्ड जेनेरेसन अर्थात जेन ३ केटीएम ड्युक २५० सोल्ड आउट भएको छ ।
अब नयाँ ग्राहकका लागि भने फेरि बुकिङ खुलेको छ । यसका लागि नयाँ ग्राहकले केही समय कुर्नुपर्ने कम्पनीले जनाएको छ ।
नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले लन्चिङ दिनमै एकै पटक ५० युनिट बाइक डेलिभरी गरेको थियो ।
नयाँ मोटरसाइकलमा केटीएमले नयाँ चेसिस र नयाँ इन्जिन दिनुको साथै अन्य थुप्रै फिचर समेत थप गरेको छ । पुरानो मोडलभन्दा ५ हजार रुपैयाँमात्र बढेर आएको नयाँ भर्सनको मूल्य ७ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
जेन ३ केटीएम ड्युकमा रेस–इन्सपायर्ड लाइन, स्पोर्टी लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम, लाइटवेट व्हिल, हाई पर्फमेन्स ब्रेक जस्ता विशेषताहरू पाउन सकिन्छ। साथसाथै यसमा रियर मोनो शक, कर्भ्ड कास्ट आल्मुनियम स्विङ आर्म, अफसेट डब्ल्युपी एपेक्स शक पनि समावेश गरिएको छ जसले गर्दा इम्प्रुभ्ड ह्यान्डलिङ पाउन सकिन्छ भने फोर पिस्टन रेडियल क्यालिपर्स र सुपरमोटो एबीएसले उत्कृष्ट ब्रेकिङ प्रदान गर्दछ ।
सो बाइकमा राइडरको कम्फर्टलाई उच्च प्राथमिकता दिँदै लामो व्हिलबेस, एड्जस्टेबल सिट हाइट, राइड–बाइ–वायर टेक्नोलोजी, क्विक सिफ्टर जस्ता विशेषताहरू पाउन सकिन्छ। साथसाथै यसमा अप्सनल ८००÷८२० एमएमको सिट हाइट सेटिङ्ग पाउन सकिन्छ। ज्ेन ३ केटीएम ड्युक २५० मा उत्कृष्ट एलसी फोर सिलिन्डर इन्जिन समावेश गरिएको छ जसको कारणले उच्चतम पावर र स्मुथ एक्सिलेरेसनको अनुभव गर्न सकिनेछ भने उक्त इन्जिनले ३० पीएस पावर र २५ एनएमको टर्क जेनेरेट गर्दछ।
स्पोर्ट्स वाइक उत्पादनमा ख्याती कमाएका दुई प्रख्यात टु ह्विलर कम्पनी...
काठमाडौं – नेपाली बजारमा केटीएम ७९० ड्युक बाइक उपलब्ध हुने भएको छ । २३ लाख...
नेपाली बजारमा उपलब्ध केटीएमका विभिन्न मोटरसाइकल मध्ये आरसी २०० पनि एक हो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...