केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न, को–को वने विजेता ?

काठमाडौं– केटीएम नेपालले केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न गरेको छ । माघ १७ गते हात्तीवन फरेस्ट रिसोर्टमा सम्पन्न उक्त कार्यक्रम एक्सट्रिम इनर्जी ड्रिंक्स सँगको सहकार्यमा आयोजना गरिएको हो ।

यस कार्यक्रमले अफ–रोड खेल प्रेमीहरूलाई प्राविधिक राइडिङ, प्रतिस्पर्धा र साहसिक अनुभवका लागि एउटै थलोमा ल्याएको कम्पनी भनाई छ ।

हात्तीवनको कठिन भू–बनोटमा राइडरहरूको कौशल परीक्षण गर्न चुनौतीपूर्ण ट्रयाक निर्माण गरिएको थियो । सहभागीहरूले ’लग जम्प’ (काठका मुढाहरू नाघ्ने) र जंगलका ठाडा बाटाहरू जस्ता प्राविधिक अवरोधहरू पार गर्दै केटीएमको ‘रेडी टु रेस’ भावनालाई सार्थक तुल्याएका थिए ।

राइडरहरुले प्रो, एमेच्योर र महिला गरी कुल तीनवटा विधामा प्रतिस्पर्धा गरेका थिए । जसअनुसार, प्रो बिधामा प्रज्वल अधिकारी विजेता बने भने सोही विधिामा प्रभात बोसेल प्रथम रनर अप र निश्चल अधिकारी द्धितिय रनरअप बने ।

त्यसैगरी, एमेच्योर विधामा केशव गौतमा विजेता बन्दा राहुल एयर प्रथम रनर अप र अभि रिसाल द्धितिय रअनर अप भए । महिलातर्फ वर्षा वस्नेत वितेता वनिन । सोही विधामा रुबी सिंज राजपुत प्रथप रनर अप र मिग्मा डोल्मा तामाङ द्धितिय रनरअप वनिन् ।

विजेतालाई सम्मान पत्रसहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

२०२४ मोडलको केटीएम ३९० एड्भेन्चर नेपालमा, खुल्यो प्रि–बुकिङ

२०२४ मोडलको केटीएम ३९० एड्भेन्चर नेपालमा, खुल्यो प्रि–बुकिङ

काठमाडौं – नेपाली बजारमा २०२४ मोडलको केटीएम ३९० एड्भेन्चर मोटरसाइकल...

१५ हजार बढेर नेपाल आउने भयो आरसी २०० को नयाँ मोडल, आइतबारदेखी शोरुममा उपलब्ध हुने

१५ हजार बढेर नेपाल आउने भयो आरसी २०० को नयाँ मोडल, आइतबारदेखी शोरुममा उपलब्ध हुने

केटिएम आरसी २०० को २०२२ मोडल २ दिनपछि नेपाल आउने भएको छ । आइतबारदेखी...

नयाँ केटीएम १६० ड्युक र आरसी १६० चाँडै लन्च हुने

नयाँ केटीएम १६० ड्युक र आरसी १६० चाँडै लन्च हुने

केटीएमले चाँडै नै भारतीय बजारमा आफ्नो एन्ट्री-लेभल १२५ सीसी मोटरसाइकल १२५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...