जेन ३ को केटीएम ड्युक २५० नेपालमा, मूल्य ७ लाख ४० हजार

नेपाली बजारमा केटीएम ड्युक जेन ३ भर्सन भित्रिएको छ । केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो मोटरसाइकल उपलब्ध गराएको हो ।

जेन ३ केटीएम ड्युकमा रेस–इन्सपायर्ड लाइन, स्पोर्टी लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम, लाइटवेट व्हिल, हाई पर्फमेन्स ब्रेक जस्ता विशेषताहरू पाउन सकिन्छ। साथसाथै यसमा रियर मोनो शक, कर्भ्ड कास्ट आल्मुनियम स्विङ आर्म, अफसेट डब्ल्युपी एपेक्स शक पनि समावेश गरिएको छ जसले गर्दा इम्प्रुभ्ड ह्यान्डलिङ पाउन सकिन्छ भने फोर पिस्टन रेडियल क्यालिपर्स र सुपरमोटो एबीएसले उत्कृष्ट ब्रेकिङ प्रदान गर्दछ ।

सो बाइकमा राइडरको कम्फर्टलाई उच्च प्राथमिकता दिँदै लामो व्हिलबेस, एड्जस्टेबल सिट हाइट, राइड–बाइ–वायर टेक्नोलोजी, क्विक सिफ्टर जस्ता विशेषताहरू पाउन सकिन्छ। साथसाथै यसमा अप्सनल ८००÷८२० एमएमको सिट हाइट सेटिङ्ग पाउन सकिन्छ। ज्ेन ३ केटीएम ड्युक २५० मा उत्कृष्ट एलसी फोर सिलिन्डर इन्जिन समावेश गरिएको छ जसको कारणले उच्चतम पावर र स्मुथ एक्सिलेरेसनको अनुभव गर्न सकिनेछ भने उक्त इन्जिनले ३० पीएस पावर र २५ एनएमको टर्क जेनेरेट गर्दछ।

यसको मूल्य ७ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ र यो मूल्य सीमित अवधिको लागि मात्र भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न, को–को वने विजेता ?

केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न, को–को वने विजेता ?

काठमाडौं– केटीएम नेपालले केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न गरेको छ...

केटिएम ३९० ड्युक र ट्रायम्फ ४०० मा अव १० वर्षको वारेन्टी

केटिएम ३९० ड्युक र ट्रायम्फ ४०० मा अव १० वर्षको वारेन्टी

बजाजले भारतमा केटिएम ३९० ड्युक र ट्रायम्फका सबै ४०० सीसी मोडलमा १० वर्षको...

केटीएम १२५, २५० र ३९० ड्युकको विश्वव्यापी रिकल, नेपालमा छैन समस्या

केटीएम १२५, २५० र ३९० ड्युकको विश्वव्यापी रिकल, नेपालमा छैन समस्या

केटीएमले ड्युक सिरिजका १२५, २५० र ३९० मोडलका मोटरसाइकललाई विश्वभरबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...