३० हजार रुपैयाँ सम्म बढ्यो केटीएम बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएम बाइकको मूल्य बढेको छ । नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यी बाइकको मूल्यमा वृद्धि गरेको हो । नयाँ मूल्य सूची चैत १ देखि लागू भएको छ । नयाँ मूल्य सूची अनुसार सबैभन्दा बढी मूल्य केटीएम २५० ड्युक र ३९० ड्युकमा गरिएको छ । केटीएम २५० ड्युकको मूल्य ६ लाख ५४ हजार ९ सय रुपैयाँबाट ६ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी केटीएम ३९० ड्युकको मूल्य ८ लाख ४९ हजार ९ सयबाट ८ लाख ७९ हजार ९ सय रुपैयाँ पुगेको छ । केटीएम २०० ड्युक एबीएस र आरसी २०० को मूल्यमा ५ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी बाइकको मूल्य क्रमशः ५ लाख ४४ हजार ९ सय र ६ लाख १९ हजार ९ सय रुपैयाँ छ । केटीएम आरसी ३९० को मूल्यमा २५ हजार रुपैयाँले वृद्धि गरी ८ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा केटीएमको सबैभन्दा महंगो बाइक ३९० एड्भेन्चरको मूल्य भने यथावत राखिएको छ । यसको मूल्य ९ लाख ९९ हजार ९९९ रुपैयाँ छ । केटीएमको नयाँ बाइक २५० एड्भेन्चर हालै भित्रिएको छ । यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यद्यपि यो प्रारम्भिक मूल्य भएको र केही समय पछि यसको समेत मूल्य बढ्ने कम्पनी स्रोतको भनाइ छ । नेपाली बजारमा उपलब्ध केटीएम बाइक र तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...