नेपाल आउने भयो केटीएम ७९० ड्युक, खुल्यो बुकिङ, मूल्य २३ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा केटीएम ७९० ड्युक बाइक उपलब्ध हुने भएको छ । २३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यसको बुकिङ खोलेको छ ।

भारतमा गत वर्ष लन्च भएको यो बाइक अब नेपाली बजारमा समेत उपलब्ध हुने भएको हो । बीएस४ इन्जिनयुक्त यो बाइक केही संख्यामा मात्र नेपाली बजारमा उपलब्ध हुनेछ । बीएस४ भन्दा पछिल्लो संस्करण उत्पादन नभएको र भारत भन्दा बाहेक अन्य देशमा यो बाइक पहिलो पटक उपलब्ध हुन लागेको हो । ग्राहकले केटीएमका विभिन्न स्थानमा रहेका सोरुम पुगेर बाइक बुकिङ गरे पश्चात यो बाइक नेपाल भित्रिने कम्पनी स्रोतको भनाइ छ ।

बाइकमा ७९९ सीसीको प्यारालल ट्विन इन्जिन रहेको छ, जसले १०३ बीएचपी पावर र ८६ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकमा ६–स्पिड गियरबक्स रहेको छ ।

केटीएमको यो बाइकमा एलईडी हेडल्याम्प र टेललाइट तथा ड्युक ३९० मा जस्तै टीएफटी स्क्रिनयुक्त रहेको छ । बाइकमा ३०० एमएम ड्युअल डिस्क ब्रेकसँगै जे जुआन क्लिपर्स दिइएको छ। पछाडि पांग्रामा २४० एमएम र अघिल्लो पांग्रामा ३०० एमएमको सिंगल डिस्क ब्रेक रहेको छ ।

बाइकमा स्लिपर क्लच असिस्ट, लिन सेन्सिटिभ ट्रयाक्सन कन्ट्रोल, चार राइडिङ मोडसँगै लाइभ बाई वायर, एबीएस र सुपरमोटो मोडजस्ता फिचरहरु रहेका छन् । सुपरमोटो राइडिङ मोडका कारण कर्नरिङमा पनि राइडिङ सहज हुन्छ । यसलाई स्पोर्ट, स्ट्रिट, रेन र ट्रयाक गरी चार राइडिङ मोडमा चलाउन सकिन्छ । केटीएम ७९० ड्युक बाइकको फ्रन्टमा ४३ एमएम अपसाइड डाउन टेलेस्कोपिक फोर्क र रियरमा मोनोशक सस्पेन्सन रहेको छ ।

नेपाली बजारमा यो बाइकको प्रतिस्पर्धा यामाहा एमटी–०९ सँग हुनेछ ।

सम्बन्धित समाचारहरू

केटीएमको संकट टर्दै, अस्ट्रियामा मोटरसाइकल उत्पादन पुनः सुरु

केटीएमको संकट टर्दै, अस्ट्रियामा मोटरसाइकल उत्पादन पुनः सुरु

वित्तीय रुपमा संकटग्रस्त बनेको केटीएमले अष्ट्रियामा मोटरसाइकल उत्पादन...

कलर टिएफटी डिस्प्लेसहित अपडेट भएर आयो केटीएम आरसी २००

कलर टिएफटी डिस्प्लेसहित अपडेट भएर आयो केटीएम आरसी २००

केटीएमले आरसी २०० को नयाँ संस्करणमा केही फिचर अपडेट गरेको छ । आरसी २०० को...

केटीएम ३९० एडभेन्चर एक्स क्रुज कन्ट्रोलसहित नयाँ भेरिएन्ट लन्च, अब लामो यात्रामा झनै रमाइलो

केटीएम ३९० एडभेन्चर एक्स क्रुज कन्ट्रोलसहित नयाँ भेरिएन्ट लन्च, अब लामो यात्रामा झनै रमाइलो

भारतमा केटीएमले आफ्नो लोकप्रिय एडभेन्चर बाइक केटीएम ३९० एडभेन्चर एक्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...