शनिबार स्पिड फेस्ट २०२५ हुने. बजाज, केटीएम र ट्रायम्फ सहभागी हुँदै
काठमाडौं – नेपालका मोटरसाइकल उत्साहीहरूको लागि रोमाञ्चक अवसरको रूपमा...
काठमाडौं–केटिएमले हालसालै लन्च गरेको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर डोल्पाको ढुकुङ्ला पाससम्म पुगेको छ । केटीएम नेपालका प्रतिनिधिहरुले ३९० इन्डुरो आरमा डोल्पाको ढुकुङ्ला पाससम्मको यात्रा गरेका हुन् । त्यो नै ढुकुङ्ला पास पुग्ने पहिलो मोटरसाइकल समेत भएको छ । ५५०० मिटर हाइटमा अवस्थित पासमा केटीएमको तीन मोटरसाइकल लिएर राइडहरु पुगेका थिए ।
केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले हालै ३९० इन्डुरो आर नेपालमा सार्वजनिक गरेको थियो । नेपालमा इन्डुरो मोटरसाइकल धेरै महंगो पर्ने भएको कारण कम मूल्यमा आएको केटीएम ३९० एन्ड्यूरो आरले अहिले निकै राम्रो चर्चा पाइरहेको छ ।
३९० इन्डुरो आरमा थर्ड जेनेरेशन केटीएम ३९० मा प्रयोग भएको उही ३९९ सीसी, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । उक्त इन्जिनमा सानो सिलिन्डर हेड, नयाँ इन्धन इन्जेक्टरहरू, पुनः डिजाइन गरिएको एयरबक्स र नयाँ एक्जस्टका साथ ठूलो भल्व कभर रहेको छ । साथै यसको गियरवक्समा समेत सुधार गरिएको छ ।
सो नयाँ मोटरसाइकलमा स्लिपर क्लच, क्विक शिफ्टर प्लस सिस्टम, एबीएस, युएसबी–सी चार्जिङ पोर्ट, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू सहितको नयाँ ४.२–इन्च डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ ।
टु–पीस स्टिल ट्रेलिस फ्रेममा आधारित यस मोटरसाइकलमा २५ एमएम ह्यान्डलबार राइजर र सब–फ्रेम माउन्ट दिइएको छ । यस मोटरसाइकल विशेष गरी अफ–रोड प्रयोगको लागि इन्जिनियर गरिएको हो ।
काठमाडौं – नेपालका मोटरसाइकल उत्साहीहरूको लागि रोमाञ्चक अवसरको रूपमा...
केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल एडभेन्चर ३९० को नयाँ भेरिएन्ट लन्च...
बाइक निर्माता कम्पनी केटीएमले केही समय यता नयाँ जेनेरेसन आरसी रेन्जमा थप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...