१ लाख मूल्य घटेर आउँदै केटीएम ३९० ड्युक, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले जेन ३ अर्थात थर्ड जेनेरेसनको केटीएम ३९० ड्युक उपलब्ध गराउने भएको छ । यसका लागि बुकिङ खुला गरिएको छ ।

पहिलेको तुलनामा यसको मूल्यमा समेत एक लाख रुपैयाँले कमी भएको छ । अब यसको मूल्य ८ लाख ९९ हजार ९ सय रुपैयाँ हुनेछ ।

यसका साथै बाइक बुकिङ गर्ने ग्राहकले ३१ हजार मूल्य पर्ने एरो हेल्मेट समेत पाउने छन् । करिव एक महिनामा ग्राहकलाई बाइक डेलिभरी गरिने कम्पनीको भनाइ छ ।

केटीएम ३९० ड्युकमा पहिले भन्दा इन्जिन र च्यासिस तथा विभिन्न फिचर अपग्रेड गरिएको छ । यसमा ३९९ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुनेछ, जसले ४५ एचपी पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स उपलब्ध छ ।

त्यसैगरी यसमा टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टर्न बाई टर्न नेभिगेसन, कल अलर्ट, कर्नरिङ एबीएस, ट्रयाक्सन कन्ट्रोल, लन्च कन्ट्रोल, तीन राइड मोड जस्ता फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

एक रोमाञ्चक र सफल अनुभवका साथ सम्पन्न भयो ‘केटीएम एड्भेन्चर डे विथ २५० एड्भेन्चर’

एक रोमाञ्चक र सफल अनुभवका साथ सम्पन्न भयो ‘केटीएम एड्भेन्चर डे विथ २५० एड्भेन्चर’

काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...

नेपाली बजारमा छैन केटीएम १२५ ड्युक : २०० ड्युकका कारण ओझेलमा

नेपाली बजारमा छैन केटीएम १२५ ड्युक : २०० ड्युकका कारण ओझेलमा

केटीएमका विभिन्न मोडलका बाइक नेपाली बजारमा उपलब्ध छन् । ती मध्ये...

नयाँ ड्यूक २५० को बुकिङ खुला, पुरानो भन्दा ५ हजारले महंगो

नयाँ ड्यूक २५० को बुकिङ खुला, पुरानो भन्दा ५ हजारले महंगो

काठमाडौं– २०२४ केटिएम ड्यूक २५० को बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...