१ लाख मूल्य घटेर आउँदै केटीएम ३९० ड्युक, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले जेन ३ अर्थात थर्ड जेनेरेसनको केटीएम ३९० ड्युक उपलब्ध गराउने भएको छ । यसका लागि बुकिङ खुला गरिएको छ ।

पहिलेको तुलनामा यसको मूल्यमा समेत एक लाख रुपैयाँले कमी भएको छ । अब यसको मूल्य ८ लाख ९९ हजार ९ सय रुपैयाँ हुनेछ ।

यसका साथै बाइक बुकिङ गर्ने ग्राहकले ३१ हजार मूल्य पर्ने एरो हेल्मेट समेत पाउने छन् । करिव एक महिनामा ग्राहकलाई बाइक डेलिभरी गरिने कम्पनीको भनाइ छ ।

केटीएम ३९० ड्युकमा पहिले भन्दा इन्जिन र च्यासिस तथा विभिन्न फिचर अपग्रेड गरिएको छ । यसमा ३९९ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुनेछ, जसले ४५ एचपी पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स उपलब्ध छ ।

त्यसैगरी यसमा टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टर्न बाई टर्न नेभिगेसन, कल अलर्ट, कर्नरिङ एबीएस, ट्रयाक्सन कन्ट्रोल, लन्च कन्ट्रोल, तीन राइड मोड जस्ता फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

क्रसफायरको अफर एक साता थप : बैशाख १६ सम्म मोटरसाइकल किन्दा यस्तो फाइदा

क्रसफायरको अफर एक साता थप : बैशाख १६ सम्म मोटरसाइकल किन्दा यस्तो फाइदा

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक...

सिएफ मोटोको १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल, यस्तो छ मूल्य र पावर

सिएफ मोटोको १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल, यस्तो छ मूल्य र पावर

चीनीयाँ ब्रान्ड सिएफमोटो एड्भेन्चर, सुपर स्पोर्टस्, टुरर र स्पोर्टस...

बजेटको मारमा परे २०० सीसी बढी क्षमताका चल्तिका यी बाइक

बजेटको मारमा परे २०० सीसी बढी क्षमताका चल्तिका यी बाइक

आर्थिक वर्ष २०७९/८० का लागि सार्बजनिक गरिएको बजेटमा सरकारले २ सय सीसीमाथि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...