केटीएम ३९० एड्भेन्चरको नयाँ संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

केटीएमले ३९० एड्भेन्चरको नयाँ संस्करण लन्च गरेको छ । एड्भेन्चर आर नामले आएको उक्त मोटरसाइकलको मूल्य ३ लाख ७८ हजार भारु निर्धारण गरिएको छ ।

३९० एड्भेन्चर आरमा ३९० एड्भेन्चरको तुलनामा लामो सस्पेन्सन ट्राभल र भिन्न आकारको ह्विल राखिएको छ । सस्पेन्सन ट्राभल दुवै छेउमा २३० मिमीको छ भने स्ट्यान्डर्ड संस्करणमा २०० मिमी फ्रन्ट र २०५ मिमी रियर सस्पेन्सन ट्राभल छ । सो सस्पेन्सन सेटअप ३९० इन्ड्युरोको विशेष मोडलबाट लिइएको हो ।

बाइकमा अल–टेरेन राइडिङका लागि ट्युब्ड मिटास एन्डुरो ट्रेल टायर र अफ–रोडिङमा विशेष ध्यान केन्द्रित गर्न अगाडी २१ इन्च र पछाडी १८ इन्चको क्रस स्पोक ह्विल दिइएको छ ।

३९० एडभेन्चर आर मा रहेका केही उल्लेखनीय विशेषताहरूमा राइड–बाइ–वायर थ्रोटल, एबीएस, अफरोड मोड, -याली–प्रेरित बडीवर्क, द्वि–दिशात्मक क्विक शिफ्टर, अपराइट स्ट्यान्स र १४ लिटर इन्धन ट्याङ्की समावेश छन् ।

३९० एडभेन्चर आरमा केटीएमको उही परिचित ३९९ सीसी सिंगल–सिलिन्डर लिक्विड–कुल्ड पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ४५ बिएचपीको अधिकतम पावर र ३९ एनएमको अधिकतम टर्क जेनेरेट गर्दछ । इन्जिन ६–स्पीड गियरबक्ससँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

कावासाकीको पहिलो इलेक्ट्रिक बाइकको टिजर सार्वजनिक, जुन ७ मा सार्वजनिक गरिने

कावासाकीको पहिलो इलेक्ट्रिक बाइकको टिजर सार्वजनिक, जुन ७ मा सार्वजनिक गरिने

कावासाकी युएसले हालै ट्विटरमार्फत आफ्नो पहिलो इलेक्ट्रिक बाइकको टिजर...

मासिक २० हजार किस्ताबन्दीमा केटीएम आरसी २००

मासिक २० हजार किस्ताबन्दीमा केटीएम आरसी २००

नेपाली बजारमा उपलब्ध केटीएमका विभिन्न मोटरसाइकल मध्ये आरसी २०० पनि एक हो ।...

यस्तो छ नेपाली बजारमा हालै भित्रिएको जोङसेनको आरएक्स–३ मोटरसाइकल

यस्तो छ नेपाली बजारमा हालै भित्रिएको जोङसेनको आरएक्स–३ मोटरसाइकल

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका जोङसेन ब्रान्डका दुई मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...