लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
केही वर्ष अगाडी केटीएमले प्यारालल ट्विन ७९० एड्भेन्चर बाइक लन्च गरेको थियो । हाल कम्पनीले सोही बाइकको अपडेट भर्सन ८९० एड्भेन्चर बाइक ल्याउने तयारी गरेको छ ।
सो बाइकमा ठूलो परिवर्तन गरिएको छ । यसमा ८९० सीसीको इन्जिन जडान गरिएको छ । जसले ८००० आरपीएममा १०५ एचपीको टर्क जेनेरेट गर्छ । हाल उपलब्ध ७९९ सीसीको बाइकले ९५ एचपीको टर्क जेनेरेट गर्छ । साथै ६५०० आरपीएममा १००.३ एचपी र ८८.१२ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइक बीएमडब्ल्यु एफ८५० जीएस एड्भेन्चरसँग प्रतिस्पर्धा गर्नेछ जसले ९५ एचपी र ९२.१९ एनएमको टर्क जेनेरेट गर्छ ।
सो बाइक ८९० एड्भेन्चर आर र ८९० एड्भेन्चर आर ¥याली गरी २ भर्सनमा उपलब्ध हुनेछ । सो दुबै बाइक युरोपको ५ एमिशन नर्म्स अनुरुप हुनेछ । कम्पनीका अनुसार सो बाइकमा टर्क र राइडेबिलिटी कम रेन्जमा पनि प्राप्त गर्न सकिन्छ । साथै क्रान्कसाफ्टको साथमा घुमाउँदा १० प्रतिशत वृद्धि हुन्छ । ८९० ट्विन बाइकमा अपडेट गरेको गियरबक्स र क्लच उपलब्ध हुनेछ । सो बाइकको बडी पाट्र्समा केही मात्र परिवर्तन गरिएको छ ।
सो बाइकको एड्भेन्चर आर भर्सनमा वैकल्पिक क्विक शिफ्टर फिचर रहेको छ जबकि ¥याली भर्सनमा स्ट्यान्डर्ड रहेको छ । ¥याली भर्सनमा एक्रोपोभिक एक्जस्ट सिस्टम रहेको छ । जुन स्ट्यान्डर्ड भर्सन भन्दा ३५ प्रतिशत हल्का रहेको छ । सो बाइकमा फरक ग्राफिक्स, कार्बन ट्यांक प्रोटेक्टर, क्लियर विन डिफ्लेक्टर पनि रहेको छ ।
केटीएम बाइकको एड्भेन्चर आर भर्सन नोभेम्बरमा बिक्री शुरु हुनेछ । यसको ¥याली भर्सन केटीएमको आधिकारिक वेबसाइटबाट मात्र अर्डर गर्न सकिने सम्भावना छ । कम्पनीका अनुसार ¥याली भर्सन ७०० युनिट मात्र उत्पादन गरिने छ । यसको २०० युनिट अमेरिकामा निर्यात गरिने छ । बाँकी रहेको ५०० युनिट अन्य मुलुकमा बिक्री गरिने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...