काठमाडौं – नेपाली बजारमा भोलि बिहीबार केटीएमको नयाँ बाइक २५० एड्भेन्चर लन्च हुने भएको छ । केही दिन पहिले नै मूल्य घोषणा गरेर बुकिङ खुल्ला गरिएको सो बाइकको कम्पनीले आधिकारिक रुपमा नेपाली बजारमा लन्च गर्ने बताएको छ ।
नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक नेपाली बजारमा ल्याउने भएको हो । यसको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
सो बाइक केटीएस ३९० एड्भेन्चर प्लेटफर्ममा तयार पारिएको हो । अल न्यु केटीएम २५० एड्भेन्चर एक ट्राभल इन्ड्युरो बाइक हो ।
केटीएम २५० एड्भेन्चरको लुक ३९० एड्भेन्चर जस्तो देखिन्छ । यी दुबै बाइकको इन्जिन र रङमा फरक रहेको छ । केटीएम २५० एड्भेन्चर ब्ल्याक र ओरेन्ज कलरमा उपलब्ध हुनेछ ।
सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । सो बाइकमा १४.५ लिटर क्षमताको पेट्रोल ट्यांक समावेश गरिएको छ ।
बाइकमा जीपीएस बाकेट, रेडिएटर प्रोटेक्सन ग्रिल, क्र्यास बंग्स, हेडल्याम्प प्रोटेक्सन र ह्यान्डलबार प्याडल साथै एन्टि लक ब्रेकिङ सिस्टम पनि समावेश गरिएको छ । बाइकमा ३२० एमएमको फ्रन्ट डिस्क ब्रेक र २३० एनएमको रियर डिस्क ब्रेक समावेश गरिएको छ । सो बाइकलाई कुनै पनि सडकमा सजिलै चलाउन सकिन्छ ।