भारतमा आयो केटीएम २५० एड्भेन्चर, रोयल इन्फिल्ड हिमालयन प्रतिस्पर्धिको यस्तो छ फिचर

रेसिङ बाइक निर्माता कम्पनी केटीएमले केटीएम २५० एड्भेन्चर बाइक भारतमा लन्च गरेको छ । सो बाइकको एक्स शोरुम मूल्य २ लाख ४८ हजार भारु तोकिएको छ । सो बाइक केटीएस ३९० एड्भेन्चर प्लेटफर्ममा तयार पारिएको हो । अल न्यु केटीएम २५० एड्भेन्चर एक ट्राभल इन्ड्युरो बाइक हो ।

केटीएम २५० एड्भेन्चरको लुक ३९० एड्भेन्चर जस्तो देखिन्छ । यी दुबै बाइकको इन्जिन र रङमा फरक रहेको छ । केटीएम २५० एड्भेन्चर ब्ल्याक र ओरेन्ज कलरमा लन्च गरिएको छ ।

सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । सो बाइकमा १४.५ लिटर क्षमताको पेट्रोल ट्यांक समावेश गरिएको छ ।

बाइकमा जीपीएस बाकेट, रेडिएटर प्रोटेक्सन ग्रिल, क्र्यास बंग्स, हेडल्याम्प प्रोटेक्सन र ह्यान्डलबार प्याडल साथै एन्टि लक ब्रेकिङ सिस्टम पनि समावेश गरिएको छ । बाइकमा ३२० एमएमको फ्रन्ट डिस्क ब्रेक र २३० एनएमको रियर डिस्क ब्रेक समावेश गरिएको छ । सो बाइकलाई कुनै पनि सडकमा सजिलै चलाउन सकिन्छ ।

भारतीय बजारमा केटीएम २५० एड्भेन्चरको प्रतिस्पर्धा रोयल इन्फिल्ड हिमालयनसँग हुनेछ । जसको मूल्य १ लाख ९१ हजार देखि १ लाख ९५ हजार भारु रहेको छ । साथै बीएमडब्ल्यु जी ३१० जीएसले पनि सो बाइकसँग प्रतिस्पर्धा गर्नेछ । जसको मूल्य २ लाख ८५ हजार भारु रहेको छ ।

नेपाली बजारमा केटीएमको यो बाइक केही समय पछि आउने सम्भावना रहन्छ । यसको प्रतिस्पर्धि रोयल इन्फिल्ड हिमालयनको मूल्य ८ लाख ९८ हजार र बीएमडब्ल्यु जी३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...