नेपाली बजारमा दुई नयाँ आकर्षक कलर अप्सनमा आयो केटीएम २५० एड्भेन्चर

काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुुई नयाँ आकर्षक कलरमा २०२४ मोडलको केटीएम २५० एड्भेन्चर बाइक बिक्रीका लागि उपलब्ध गराएको छ । कम्पनीले एट्लान्टिक मेटालिक ब्लु र ग्रे कलरमा सो बाइक उपलब्ध गराएको हो ।

यी मोडलको मूूल्य ७ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ । पहिले देखि नै उपलब्ध कलरको रेगुलर मोडलको मूल्य ७ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

मूूल्य वाहेक बाइकको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।

सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

केटीएम २५० मा स्टिल ट्रेल फ्रेम, ४३ एमएम डब्लुपी एपेक्स इनभर्टेड सस्पेन्सन, मोनोशक, अफरोड एबीएस जस्ता फिचर उपलब्ध छ ।

विशेष गरी एड्भेन्चर रुचाउने बाइकरहरुको लागि डिजाइन गरिएको सो बाइक युवा पुस्ता बिच लोकप्रिय मानिन्छ ।

सम्बन्धित समाचारहरू

केटीएमको नयाँ इन्ड्युरो बाइक नेपालमा, बुकिङ र टेस्ट राइड खुला

केटीएमको नयाँ इन्ड्युरो बाइक नेपालमा, बुकिङ र टेस्ट राइड खुला

काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...

केटिएम र क्रसफायरको सवै मोटरसाइकल आयत हुने बाटो रोकियो, अन्य ब्रान्डका पनि तीन दर्जन बढी मोडल प्रभावित

केटिएम र क्रसफायरको सवै मोटरसाइकल आयत हुने बाटो रोकियो, अन्य ब्रान्डका पनि तीन दर्जन बढी मोडल प्रभावित

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले आयत प्रतिवन्धलाई थप कडाई गर्दै १५०...

केटीएम ३९० ड्युकको नयाँ संस्करण सार्वजनिक

केटीएम ३९० ड्युकको नयाँ संस्करण सार्वजनिक

केटीएमले ३९० ड्युकको २०२६ संस्करणको ग्लोवल डेब्यु गरेको छ । केटीएमको उक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...