शनिबार केटीएम २५० एड्भेन्चरको मज्जा लिन सकिने
काठमाडौं – नेपाली बजारमा भित्रिएको नयाँ २०२३ मोडलको केटीएम २५०...
काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुुई नयाँ आकर्षक कलरमा २०२४ मोडलको केटीएम २५० एड्भेन्चर बाइक बिक्रीका लागि उपलब्ध गराएको छ । कम्पनीले एट्लान्टिक मेटालिक ब्लु र ग्रे कलरमा सो बाइक उपलब्ध गराएको हो ।
यी मोडलको मूूल्य ७ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ । पहिले देखि नै उपलब्ध कलरको रेगुलर मोडलको मूल्य ७ लाख ९ हजार रुपैयाँ रहेको थियो ।
मूूल्य वाहेक बाइकको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।
सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।
केटीएम २५० मा स्टिल ट्रेल फ्रेम, ४३ एमएम डब्लुपी एपेक्स इनभर्टेड सस्पेन्सन, मोनोशक, अफरोड एबीएस जस्ता फिचर उपलब्ध छ ।
विशेष गरी एड्भेन्चर रुचाउने बाइकरहरुको लागि डिजाइन गरिएको सो बाइक युवा पुस्ता बिच लोकप्रिय मानिन्छ ।
काठमाडौं – नेपाली बजारमा भित्रिएको नयाँ २०२३ मोडलको केटीएम २५०...
काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...
काठमाडौं– केटीएम नेपालले आयोजना गरेको ट्रायक टेष्ट एक्सपिरियन्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...