कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि

हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबल फोर्ड अंकका साथ उपाधि जितेका हुन् । ११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक भएपनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन् ।

काउन्ट ब्याकमा कृष्णले २१ अंक जोडेका थिए भने बाबुले २० अंक जोडेका थिए । बाबु प्रतियोगिताको उपविजेता बने । नेपाल पुलिसका एसएसपी अशोक सिंहले तेस्रो स्थान हासिल गरेका छन् । अशोकले ४२ अंकजोडेका थिए ।

बेस्ट ग्रसमा टासी दोङ, टासी छिरिङ र वाङचेन धोन्डुपले समान ३६ अंक जोडे पनि काउन्ट ब्याकमा टासी दोङले बेस्ट ग्रसको उपाधि पाएका थिए । काउन्ट ब्याकमा दोङले १९ अंक जोडेका थिए भने छिरिङ र धोन्डुपले समान १७ अंक जोडेका थिए ।

३९ अंक जोड्दै मेजर जनरल नरेन्द्र रावलले ६० वर्षमाथि उमेर समूहको उपाधि जितेका छन् । महिलातर्फको उपाधि भने प्रतिभा राईले जितिन् । राईले ३८ अंक जोडेकी थिइन् । हुन्डाई कार वनर्स स्पर्धामा श्याम सिम्खडाले ३७ अंक जोड्दै उपाधि जितेका छन् । त्यस्तै, लङ्गेस्ट ड्राइभको उपाधि दावा जे शेर्पाले जितेका छन् ।

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । बिजेताहरुलाई लक्ष्मी ग्रुपका चेयरम्यान गणेश बहादुर श्रेष्ठ, नेपालका लागी दक्षिण कोरियका राजदुत र गोकर्ण गल्फ क्लबका चेयरम्यान सुह्रिद घिमिरेले ट्रफी र पुरस्कार बितरण गरेका थिए ।

सम्बन्धित समाचारहरू

हुन्डाईले राजमार्गमा निःशुल्क सवारी जाँच र अन्य सेवा उपलब्ध गराउने

हुन्डाईले राजमार्गमा निःशुल्क सवारी जाँच र अन्य सेवा उपलब्ध गराउने

काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी...

अब शाहरुख खान होइन, हार्दिक पाण्ड्या हुन्डाईको नयाँ ब्रान्ड एम्बेसडर

अब शाहरुख खान होइन, हार्दिक पाण्ड्या हुन्डाईको नयाँ ब्रान्ड एम्बेसडर

हुन्डाई भारतमा आएदेखि नै बलिउड कलाकार शाहरुख खान हुन्डाई कारको ब्रान्ड...

ग्रान्ड आई१० निओसको फेसलिफ्ट मोडल सार्वजनिक

ग्रान्ड आई१० निओसको फेसलिफ्ट मोडल सार्वजनिक

हुन्डाई मोटर्स इण्डियाले आफ्नो लोकप्रिय ह्याचव्याक कार ग्राण्ड आई१०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...