खुल्यो कोटेश्वर–जडीबुटी सडक, अब जाम निकै नै कम हुने

काठमाडौं – कोटेश्वरबाट जडीबुटी जानका लागि तयार गरिएको सडक खुला भएको छ । पहिले एउटा घरका कारण रोकिएको सडक विस्तार काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आए पश्चात यसरी विस्तार हुन सहयोग पुगेको हो ।

हाल कोटेश्वरबाट पेप्सीकोलोतिर जाने सबै सवारी यही सडक भएर जान थालेका छन् । यसले गर्दा यो क्षेत्रमा हुने जाममा निकै नै कमी आउने छ ।

काठमाडौं उपत्यका भित्रने एक प्रमख नाकाका रूपमा यो सडक रहेको छ । खासगरी कोशी प्रदेश र मधेस प्रदेशसँगै बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिनका लागि यही नाका छ । अरनिको, मध्यपहाडी, बिपीलगायतका राजमार्गका कारण पनि सडकको चाप बढिरहँदा यहाँ सडक घण्टौँ जाम हुने गरेको थियो । सबैतिरबाट सवारीसाधन आउने तर चोक सानो हुँदा भीडभाड हुने गरेको थियो । चोक चौडा गरेसँगै जाम नियन्त्रणमा सहजरुपमा हुने अपेक्षा गरिएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण)तर्फ दुई लेन थप्ने गरी निर्माण सुरु गरिएको थियो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो । सडक सम्पन्न भएपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने रोकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ ।

सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक हैरान थिए । तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो ।

अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीनरूपमा यसको समाधान ‘फ्लाइओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ((जाइका)ले सो स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

खल्तीले ल्यायो एपबाटै ब्लुबुक नवीकरण सुविधा, यस्तो छ प्रक्रिया

खल्तीले ल्यायो एपबाटै ब्लुबुक नवीकरण सुविधा, यस्तो छ प्रक्रिया

काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन...

कुन कुन नियम उल्लंघन गरेमा ट्राफिक प्रहरीमार्फत १००० रुपैयाँ जरिवाना तिर्नुपर्छ ?

कुन कुन नियम उल्लंघन गरेमा ट्राफिक प्रहरीमार्फत १००० रुपैयाँ जरिवाना तिर्नुपर्छ ?

ट्राफिक प्रहरीले विभिन्न अवस्थामा सवारी चालकलाई जरिवाना तिराउने गरेको...

आज शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ पार्किङ व्यवस्थापन

आज शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ पार्किङ व्यवस्थापन

काठमाडौं – पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तहरुको घुइचो लागेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...