कोटेश्वर–जडीबुटी खण्डमा फ्लाईओभर बनाउन जापान सरकारसंग सम्झौता

काठमाडौं–नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ । जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ ।

बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो ।

आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ ।

सम्बन्धित समाचारहरू

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

काठमाडौं – सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा...

घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् काठमाडौं नजिकका १० उत्कृष्ट गन्तव्य

घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् काठमाडौं नजिकका १० उत्कृष्ट गन्तव्य

दशैं अब समापनको नजिक पुगेको छ । मान्यजनबाट टिका ग्रहण गरे पश्चात नजिकका...

यस्तो छ नेपालमा भएका सडक दुर्घटनाको नयाँ तथ्यांक, दोष जति ईभीलाई !

यस्तो छ नेपालमा भएका सडक दुर्घटनाको नयाँ तथ्यांक, दोष जति ईभीलाई !

नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा सडक दुर्घटना कुनै नौलो विषय होइन ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...