युरोपेली कम्पनी डासियाले ल्यायाे सानाेे नयाँ इलेक्ट्रिक कार कन्सेप्ट
युरोपेली अटो कम्पनी डासियाले हालै डासिया हिप्स्टर नामक नयाँ इलेक्ट्रिक...
काठमाडौं – नेपालका लागि कोमाकी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर भेनिस इको भित्र्याएको छ । धनतेरसको अवसरमा सार्वजनिक गरिएको उक्त इलेक्ट्रिक स्कुटरमा फायर रेजिस्टेन्स लिथियम आयोन फेरो फस्फेट ब्याट्री उपलब्ध छ । यसका कारण ब्याट्रीका कारण आगलागी हुने डर कम हुने कम्पनीको भनाइ छ ।
सो ब्याट्रीलाई २ हजार साइकल सम्म प्रयोग गर्न सकिन्छ । यसमा भएको एक्टिभ ब्यालेन्सिङ टेक्नोलोजीबाट ब्याट्री सेललाई प्रत्येक सेकेन्डमा ब्यालेन्स गर्न सकिन्छ ।
भेनिस इकोको अघिल्लो भागमा राउन्ड हेडल्याम्प छ र यससँगै माथितिर कोमाकी ब्रान्डिङ छ भने यसमा एडिसनल ब्याकरेस्ट, बुट स्पेस सहितको कम्फर्टेबल सिट, नेभिगेसन सहितको एड्भान्स्ड टीएफटी स्क्रिन, फ्रन्ट स्टोरेज कम्पार्टमेन्ट तथा सेल्फ डायग्नोसिस र रिपेयरका लागि डेडिकेटेड बटन छ । यो स्कुटर विभिन्न ६ कलर अप्सनमा उपलब्ध छ ।
यसमा रिजेनेरेटिभ ब्रेकिङ सहितको कन्ट्रोलर छ । इको, कम्फर्ट, स्पोर्ट र टर्बो गरी यसलाई चार राइडिङ मोडमा चलाउन सकिन्छ । एक पटकको फुल चार्जमा यसलाई १०० किलोमिटर सम्म चलाउन सकिन्छ ।
नेपाली बजारमा कोमाकी भेनिस इको इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । तर पहिलो १०० ग्राहकका लागि यसको मूल्य २ लाख ३५ हजार मात्र तोकिएको युनिटी ट्रेडिङ कन्सर्नले बताएको छ । यस अनुसार पहिलो १०० ग्राहकले २४ हजार रुपैयाँ फाइदा प्राप्त गर्नेछन् ।
युरोपेली अटो कम्पनी डासियाले हालै डासिया हिप्स्टर नामक नयाँ इलेक्ट्रिक...
चाइनिज ब्याट्री निर्माता कम्पनी सीएटीएल (क्याटल) ले एक्सटेन्डेड–रेन्ज...
भियतनामी कार निर्माता कम्पनी ‘भिनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...