होन्डा, टीभीएस र सुजुकीका नयाँ इलेक्ट्रिक स्कुटर आउँदै
होन्डा, टीभीएस र सुजुकी कम्पनीले सन् २०२५ मा भारतीय बजारमा नयाँ इलेक्ट्रिक...
काठमाडौं – नेपालका लागि कोमाकी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर भेनिस इको भित्र्याएको छ । धनतेरसको अवसरमा सार्वजनिक गरिएको उक्त इलेक्ट्रिक स्कुटरमा फायर रेजिस्टेन्स लिथियम आयोन फेरो फस्फेट ब्याट्री उपलब्ध छ । यसका कारण ब्याट्रीका कारण आगलागी हुने डर कम हुने कम्पनीको भनाइ छ ।
सो ब्याट्रीलाई २ हजार साइकल सम्म प्रयोग गर्न सकिन्छ । यसमा भएको एक्टिभ ब्यालेन्सिङ टेक्नोलोजीबाट ब्याट्री सेललाई प्रत्येक सेकेन्डमा ब्यालेन्स गर्न सकिन्छ ।
भेनिस इकोको अघिल्लो भागमा राउन्ड हेडल्याम्प छ र यससँगै माथितिर कोमाकी ब्रान्डिङ छ भने यसमा एडिसनल ब्याकरेस्ट, बुट स्पेस सहितको कम्फर्टेबल सिट, नेभिगेसन सहितको एड्भान्स्ड टीएफटी स्क्रिन, फ्रन्ट स्टोरेज कम्पार्टमेन्ट तथा सेल्फ डायग्नोसिस र रिपेयरका लागि डेडिकेटेड बटन छ । यो स्कुटर विभिन्न ६ कलर अप्सनमा उपलब्ध छ ।
यसमा रिजेनेरेटिभ ब्रेकिङ सहितको कन्ट्रोलर छ । इको, कम्फर्ट, स्पोर्ट र टर्बो गरी यसलाई चार राइडिङ मोडमा चलाउन सकिन्छ । एक पटकको फुल चार्जमा यसलाई १०० किलोमिटर सम्म चलाउन सकिन्छ ।
नेपाली बजारमा कोमाकी भेनिस इको इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । तर पहिलो १०० ग्राहकका लागि यसको मूल्य २ लाख ३५ हजार मात्र तोकिएको युनिटी ट्रेडिङ कन्सर्नले बताएको छ । यस अनुसार पहिलो १०० ग्राहकले २४ हजार रुपैयाँ फाइदा प्राप्त गर्नेछन् ।
होन्डा, टीभीएस र सुजुकी कम्पनीले सन् २०२५ मा भारतीय बजारमा नयाँ इलेक्ट्रिक...
काठमाडौं – आगामी भदौ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने नाडा अटो...
चाइनिज कार ब्रान्ड सेरेस र स्काइवेल यो वर्षको अन्त्य सम्ममा युके बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...