कोमाकीले ल्यायो नयाँ हाई स्पिड इलेक्ट्रिक स्कुटर

कोमाकीले भारतमा एलवाई प्रो इलेक्ट्रिक स्कुटर १ लाख ३७ हजार ५०० भारुमा लन्च गरेको छ । यसमा ६२ भोल्ट, ३२ एएचको ड्युअल ब्याट्री जडान गरिएको छ, जसलाई निकालेर चार्ज गर्न सकिन्छ । सो ब्याट्री ४ घण्टा ५५ मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कोमाकी एलवाई प्रोमा टीएफटी स्क्रिन, अनबोर्ड नेभिगेशन, साउन्ड सिस्टम, ब्लुटुथ, कलिङको विकल्प र रेडी टु राइड जस्ता एड्भान्स फिचरले सुसज्जित गरिएको छ ।

सो स्कुटरमा रिजेन प्रविधिको साथमा ईको, स्पोट्स र टर्बाे गरी ३ गियर मोड दिइएको छ । साथै स्कुटरमा एलईडी फ्रन्ट विंकर्स, ३००० वाटको हब मोटर, ३८ एएमपी कन्ट्रोलर, पार्किङ असिस्ट, क्रुज कन्ट्रोल र रिभर्स असिस्ट दिइएको छ ।

कोमाकी एलवाई प्रोको टप स्पिड ५८ देखि ६२ किमी प्रतिघण्टा छ । पहाडी इलाकामा स्कुटरलाई चिप्लनबाट रोक्नका लागि एड्भान्स एन्टि स्किड प्रविधिको प्रयोग गरिएको छ । स्कुटरमा १२ इन्चको ट्युबलेस टायर जडान गरिएको छ ।

नेपाली बजारमा पनि एलवाई र २ हजार वाट क्षमताको एलवाई प्रो इलेक्ट्रिक स्कुटर उपलब्ध छ । भविष्यमा यो नयाँ स्कुटर समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अब एउटा कारबाट अर्को कार चार्ज गर्न सकिने : हुन्डाई, किया र फोर्डले विकास गरे प्रविधि

अब एउटा कारबाट अर्को कार चार्ज गर्न सकिने : हुन्डाई, किया र फोर्डले विकास गरे प्रविधि

इलेक्ट्रिक गाडीको ब्याट्री चार्ज बाटैमा सकियो भने पनि अब समाधान हुने भएको...

टाटाका ५ ईभी कन्सेप्ट : उत्पादन कहिले ?

टाटाका ५ ईभी कन्सेप्ट : उत्पादन कहिले ?

कार निर्माताले आफ्ना लेटेस्ट टेक्नोलोजी र नयाँ मोडलहरू सार्वजनिक...

सुनराका दुई इलेक्ट्रिक स्कुटर नेपालमा, यस्तो छ नयाँ ब्रान्ड

सुनराका दुई इलेक्ट्रिक स्कुटर नेपालमा, यस्तो छ नयाँ ब्रान्ड

काठमाडौं – नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘सुनरा’ का इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...