कोमाकीले ल्यायो नयाँ हाई स्पिड इलेक्ट्रिक स्कुटर

कोमाकीले भारतमा एलवाई प्रो इलेक्ट्रिक स्कुटर १ लाख ३७ हजार ५०० भारुमा लन्च गरेको छ । यसमा ६२ भोल्ट, ३२ एएचको ड्युअल ब्याट्री जडान गरिएको छ, जसलाई निकालेर चार्ज गर्न सकिन्छ । सो ब्याट्री ४ घण्टा ५५ मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कोमाकी एलवाई प्रोमा टीएफटी स्क्रिन, अनबोर्ड नेभिगेशन, साउन्ड सिस्टम, ब्लुटुथ, कलिङको विकल्प र रेडी टु राइड जस्ता एड्भान्स फिचरले सुसज्जित गरिएको छ ।

सो स्कुटरमा रिजेन प्रविधिको साथमा ईको, स्पोट्स र टर्बाे गरी ३ गियर मोड दिइएको छ । साथै स्कुटरमा एलईडी फ्रन्ट विंकर्स, ३००० वाटको हब मोटर, ३८ एएमपी कन्ट्रोलर, पार्किङ असिस्ट, क्रुज कन्ट्रोल र रिभर्स असिस्ट दिइएको छ ।

कोमाकी एलवाई प्रोको टप स्पिड ५८ देखि ६२ किमी प्रतिघण्टा छ । पहाडी इलाकामा स्कुटरलाई चिप्लनबाट रोक्नका लागि एड्भान्स एन्टि स्किड प्रविधिको प्रयोग गरिएको छ । स्कुटरमा १२ इन्चको ट्युबलेस टायर जडान गरिएको छ ।

नेपाली बजारमा पनि एलवाई र २ हजार वाट क्षमताको एलवाई प्रो इलेक्ट्रिक स्कुटर उपलब्ध छ । भविष्यमा यो नयाँ स्कुटर समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

स्कटल्यान्डमा एकजना ब्यक्तीले टेस्ला मोडल वाईको ब्याट्रीमा पानी पसेपछि...

दशैंलाई लक्ष्यित गर्दै भित्रिए १६ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

दशैंलाई लक्ष्यित गर्दै भित्रिए १६ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

काठमाडौं – दशैंलाई लक्ष्यित गर्दै ईभी गाडीका बिक्रेता कम्पनीहरूले...

अर्थमन्त्री र अर्थसचिवले टेस्ट राइड गरे पश्चात फेरि चर्चामा विद्युतीय मोटरसाइकल ‘यात्री’

अर्थमन्त्री र अर्थसचिवले टेस्ट राइड गरे पश्चात फेरि चर्चामा विद्युतीय मोटरसाइकल ‘यात्री’

काठमाडौं – नेपाली युवा व्यवसायीहरुको स्टार्ट अप कम्पनी यात्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...