चीनको मोटर शोमा महिलाले टेस्ला कारको छतमा चढि हंगामा गरेपछि
चीनमा हाल सांघाई अटो शो आयोजना भइरहेको छ । उक्त शोमा सबै कम्पनीले नयाँ नयाँ...
काठमाडौं – नेपाली बजारमा कोमाकी ईभी भित्रिएको एक वर्ष पुरा भएको छ । कोमाकी ब्रान्डको आधिकारिक वितरकको रुपमा गत वर्ष फागुनको दोस्रो सातामा युनिटी ट्रेडिङ कन्सर्न प्रालिले सो ब्रान्ड नेपाल भित्र्याएको थियो ।
पहिलो चरणमा कोमाकीका दुई इलेक्ट्रिक स्कुटर एसई र भेनिस भित्रिएका थिए । दुवै स्कुटरमा ३ हजार वाटको मोटर छ । एसईले ५ हजार २ सय र भेनिसले ४ हजार ९ सय वाटको पिक पावर दिन्छ । सिंगल चार्जमा दुवैले १४० किलोमिटर रेन्ज दिने बताइएको छ । यी स्कुटरको मूल्य क्रमशः ३ लाख ४९ हजार र ३ लाख ४४ हजार रुपैयाँ छ ।
त्यसपछि कोमाकीका एसई इको र एसई प्रोका साथै भेनिसको समेत भेनिस इको स्कुटर नेपाली बजारमा भित्रिए । हाल यी स्कुटरको मूल्य क्रमशः २ लाख ६९ हजार, २ लाख ७४ हजार र २ लाख ९९ हजार रुपैयाँ छ ।
यो वाहेक कोमाकी भेनिसको अझै पावरफुल स्कुटर समेत भित्रिएको छ । पहिले भित्रिएको मोडलमा ३.१७ किलोवाट आवरको ब्याट्री भएकोमा अर्को ४.७५ किलोवाट आवरको ब्याट्री सहितको भेनिस उपलब्ध छ । यसले २४० किलोमिटर सम्मको रेन्ज दिन्छ र यसको मूल्य ४ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा कोमाकी एलवाई र एलवाई प्रो र डीटी ३००० का साथै शारीरिक अशक्त तथा वृद्धवृद्धाका लागि उपयोगी तीन वटा पांग्रा सहितको कोमाकी एक्सजीटी एक्स५ स्कुटर समेत उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमशः २ लाख ६९ हजार, २ लाख ७४ हजार, ३ लाख ३० हजार र २ लाख ५९ हजार रुपैयाँ छ ।
कोमाकीको फरक र आकर्षक इलेक्ट्रिक मोटरसाइकल कोमाकी रेन्जर समेत नेपाली बजारमा उपलब्ध छ । क्रुजर स्टाइलको सो मोटरसाइकलको मूल्य ४ लाख ४९ हजार रुपैयाँ छ ।
नेपाली बजारमा करिव ६५० कोमाकी स्कुटर र मोटरसाइकल भित्रिएकोमा करिव ५५० युनिट बिक्री भइसकेको युनिटी ट्रेडिङ कन्सर्नका सेल्स हेड उमेश अधिकारी बताउछन् ।
भारतीय ब्रान्ड कोमाकी र यसका उत्पादनलाई समेत नेपाली ग्राहकले रुचाएका कारण आगामी दिनमा अझै आक्रामक तरिकाले बजार विस्तारमा लाग्ने अधिकारीको भनाइ छ ।
चीनमा हाल सांघाई अटो शो आयोजना भइरहेको छ । उक्त शोमा सबै कम्पनीले नयाँ नयाँ...
एमजी मोटरले अटो एक्सपो २०२३ मा आफ्ना २ वटा इलेक्ट्रिक कार सार्वजनिक गर्ने...
काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणका लागि उपलब्ध ग्रेटवाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...