नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः रमेश कोइराला, कोइरालाको प्यानल नै विजयी

काठमाडौं – सेकेन्ड ह्यान्ड सवारी साधन बिक्रेता व्यवसायीहरुको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः रमेश कोइराला निर्वाचित भएका छन् । शनिबार सम्पन्न सातौं र आठौ साधारण सभा तथा दोस्रो अधिवेशनले कोइरालालाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्ष कोइरालाको प्यानल नै कार्यसमितिमा निर्वाचित भएको छ । अध्यक्षका अर्का प्रत्याशी कुमार चिमोरिया थिए ।

यस अनुसार बरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रविन लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी, कोषाध्यक्षमा प्रदिप राना मगर र सह–कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मनिष राज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने (सन्तोष), रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल (अर्जुन) निर्वाचित भएका छन् ।

पुराना, रिकन्डिसन अर्थात सेकेन्ड ह्यान्ड कारको व्यवसाय गर्ने व्यवसायीहरु नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा आवद्ध छन् । देशभरका १६५ रिकन्डिसन व्यवसायीहरु संघमा आवद्ध छन् ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका थिए । मन्त्री लम्सालले रिकन्डिसन अटो व्यवसायीहरुको समस्या समाधानका लागि बागमती प्रदेश सरकार सदैव लागिरहने बताउँदै यसका लागि भविष्यमा सधै सकारात्मक सहकार्य गर्न सकिने बताएका थिए ।

सम्बन्धित समाचारहरू

लकडाउन टिप्स : बाइकको चेनलाई यसरी राखौ सफा

लकडाउन टिप्स : बाइकको चेनलाई यसरी राखौ सफा

लकडाउन वा निषेधाज्ञाको समयमा बाइकलाई धेरैले घरैमा थन्क्याएर राख्ने गरेका...

वाक्सी अटोको रोड शो कार्यक्रम सम्पन्न

वाक्सी अटोको रोड शो कार्यक्रम सम्पन्न

वाक्सी ब्रान्डको तीनपाङ्ग्रे अटोले अयोजना गरेको रोड शो कार्यक्रम देशका...

खोप उपलब्ध गराउन मन्त्री समक्ष रिकन्डिसन अटो व्यवसायी संघको माग

खोप उपलब्ध गराउन मन्त्री समक्ष रिकन्डिसन अटो व्यवसायी संघको माग

काठमाडौं – नेपाल रिकन्डिसन अटो व्यवसायी संघले आफ्ना ३ सय सदस्यहरुलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...