जडिबुटीमा खुल्यो सुविधा सम्पन्न वाइक सर्भिसिङ सेन्टर अटोमाण्डु
काठमाडौं– जडिबुटीस्थित नरेफाँटमा अटोमाण्डु स्टेशन संचालनमा आएको छ । मधेश...
काठमाडौं – सेकेन्ड ह्यान्ड सवारी साधन बिक्रेता व्यवसायीहरुको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः रमेश कोइराला निर्वाचित भएका छन् । शनिबार सम्पन्न सातौं र आठौ साधारण सभा तथा दोस्रो अधिवेशनले कोइरालालाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्ष कोइरालाको प्यानल नै कार्यसमितिमा निर्वाचित भएको छ । अध्यक्षका अर्का प्रत्याशी कुमार चिमोरिया थिए ।
यस अनुसार बरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रविन लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी, कोषाध्यक्षमा प्रदिप राना मगर र सह–कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा मनिष राज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने (सन्तोष), रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल (अर्जुन) निर्वाचित भएका छन् ।
पुराना, रिकन्डिसन अर्थात सेकेन्ड ह्यान्ड कारको व्यवसाय गर्ने व्यवसायीहरु नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा आवद्ध छन् । देशभरका १६५ रिकन्डिसन व्यवसायीहरु संघमा आवद्ध छन् ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका थिए । मन्त्री लम्सालले रिकन्डिसन अटो व्यवसायीहरुको समस्या समाधानका लागि बागमती प्रदेश सरकार सदैव लागिरहने बताउँदै यसका लागि भविष्यमा सधै सकारात्मक सहकार्य गर्न सकिने बताएका थिए ।
काठमाडौं– जडिबुटीस्थित नरेफाँटमा अटोमाण्डु स्टेशन संचालनमा आएको छ । मधेश...
काठमाडौं – सरकारले लागू गर्न लागेको नयाँ प्रदूषण मापदण्ड र यसका लागि सवारी...
काठमाडौं – सवारी साधनको फिटनेट परीक्षण गर्नका लागि काठमाडौंको टेकुस्थित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...