कोइराला बने पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष, यस्तो बन्यो कार्यसमिति

पोखरा - पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिव ॐ बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी निर्वाचित भएको निर्वाचन संयोजक तथा वाडाका पूर्व अध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए ।

निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ पदेन सदस्य रहनेछन् । नवनिर्वाचित अध्यक्ष कोइरालाले देबेन्द्र नकर्मी, नरेश सुवेदी र छबिलाल गौतमलाई कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अटोमोबाइल क्षेत्रमा एसोसिएसनको योगदान महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा लगायतले अटोमोबाइल व्यवसायको समसामयिक विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कोइरालाले अटोमोबाइल व्यवसायीहरूको हकहितका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी फागुनमा पोखरामा अटो सो आयोजना गरिने बताउँदै उनले अटो सो सफल बनाउनका लागि सबैलाई आग्रह गरे ।

साधारणसभाको अवसरमा अग्रज वयवसायी विश्वबन्धु थापा सम्मानित भएका छन् । पूर्व अध्यक्ष माधव पौडेल संयोजक रहेको समितिले थापालाई सम्मान गर्न सिफारिस गरेको थियो । प्रदेशका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई पनि सम्मान गरिएको छ ।

सम्बन्धित समाचारहरू

जेन-जी आन्दोलनका कारण विभागको सम्पूर्ण प्रणाली ठप्प, इम्बोस्ड नम्बर प्लेट र लाइसेन्समा अन्यौल

जेन-जी आन्दोलनका कारण विभागको सम्पूर्ण प्रणाली ठप्प, इम्बोस्ड नम्बर प्लेट र लाइसेन्समा अन्यौल

भदौ २४ गतेको जेन-जी आन्दोलनले देशभर ठूलै असर पा-यो। राजधानी काठमाडौंमा...

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

दमौली (तनहुँ) – देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा...

तुइनखोलामा फेरि पहिरो, दुईतर्फी आवागमन बन्द

तुइनखोलामा फेरि पहिरो, दुईतर्फी आवागमन बन्द

काठमाडौं – दशैंको उमंगले भरिएका यात्रुहरूको सपना तुइनखोलामा फेरि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...