हुन्डाई आयोनिक ५ किन्नेहरुका लागि खुसीको खबर : १४ लाख रुपैयाँले घट्यो मूल्य
काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...
हालै हुन्डाईले अटो एक्सपो २०२५ मा आफ्नो लोकप्रिय क्रेटा एसयूभीको इलेक्ट्रिक संस्करण क्रेटा ईभी लन्च गरेको छ । सो कारले भारतीय बजारमा टाटा मोटर्सको कर्भ ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
क्रेटा ईभीको फिचर, रेन्ज र मूल्यलाई हेर्दा यसले यसको सेगमेन्टमा रहेका सबै इलेक्ट्रिक कारलाई कडा चुनौती दिन सक्छ । बजारमा पहिले नै बिक्री भैरहेको टाटा कर्भ ईभी र हुन्डाईको नयाँ क्रेटा ईभी बिचको भिन्नता यस्तो छ:
हुन्डाई क्रेटा इलेक्ट्रिक ४२ किलोवाट र ५१.४ किलोवाट गरी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध छ । यसको ४२ किलोवाट भेरिएन्टले सिंगल चार्जमा ३९० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ भने ५१.४ किलोवाट भेरिएन्टले सिंगल चार्जमा ४७३ किलोमिटर रेन्ज दिने दाबी छ । सो इलेक्ट्रिक एसयूभीले ७.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ ।
क्रेटा इलेक्ट्रिकमा पावरका लागि अगाडिको एक्सलमा सिंगल मोटर जडान गरिएको छ । ५१.४ किलोवाट भेरिएन्टले सिंगल मोटरको साथ १७१ एचपीको पावर र २५५ एनएमको टर्क उत्पन्न गर्छ भने ४१ किलोवाट भेरिएन्टले १३५ एचपीको पावर उत्पन्न गर्छ । क्रेटा ईभीलाई ५० किलोवाट डीसी चार्जर मार्फत मात्र ५८ मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
टाटा मोटर्सले सो कुपे इलेक्ट्रिक एसयूभीमा ५५ किलोवाट र ४५ किलोवाटको दुईवटा ब्याट्री प्याक विकल्प दिएको छ। यसको ५५ किलोवाट ब्याट्री प्याक भेरिएन्टमा कम्पनीले ५८५ किलोमिटरसम्मको रेन्ज भएको दाबी गरेको छ । कम्पनीले यसमा फास्ट चार्जिङको विकल्प पनि दिएको छ । यसको ब्याट्री ७० किलोवाटको चार्जरबाट ४० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
यसमा कम्पनीले १२३ किलोवाट क्षमताको लिक्विड कुल्ड पर्मानेन्ट म्याग्नेट पावरफुल इलेक्ट्रिक मोटर प्रयोग गरेको छ, जसको बारेमा कम्पनीको दाबी छ कि सो एसयूभीले ८.६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ ।
क्रेटा इलेक्ट्रिकमा लेभल टु एडास सुइट, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट पार्किङ सेन्सर, रेन सेन्सिङ वाइपर र हिल-स्टार्ट र डिसेन्ट असिस्ट जस्ता फिचर समावेश छ । कारमा ५ रिजेरेटिभ मोड पनि दिइएको छ । यसमा लोड गर्नको लागि भीटुएल चार्जिङ प्लग पनि समावेश छ । यसमा दुईवटा १०.२५ इन्च स्क्रिन, ८ स्पिकर बोस अडियो सिस्टम, ड्युअल जोन एसी र अटो डिमिङ आईआरभीएम, भ्वाइस कमाण्ड र ब्लुलिङ्क इन-कार कनेक्टिभिटीलाई समर्थन गर्ने सेन्ट्रल टचस्क्रिन पनि छ।
टाटा कर्भ ईभीमा ६ वे पावर एडजस्टेबल ड्राइभर सिट, प्रिमियम लेथरेट भेन्टिलेटेड सिट, रिक्लाइन फंक्शनसहितको दोस्रो रो सिट, २६ सेमी डिजिटल ककपिट जस्ता फिचर दिइएको छ । साथै एसयूभीमा मल्टिपल भ्वाइस कमाण्ड सिस्टम पनि लगाइएको छ । सेफ्टीका लागि यसमा लेभल २ एडभान्स ड्राइभिङ असिस्टेन्स सिस्टम उपलब्ध गराइएको छ । साथै ६ वटा एयरब्याग, ३ प्वाइन्ट ईएलआरर सिटबेल्ट, सिट बेल्ट एन्कर प्रीटेन्सन, आईसोफिक्स चाइल्ड सिट एन्कर, ३६० डिग्री भ्यू क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, स्टेबिलिटी कन्ट्रोल प्रोग्राम र इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर प्रदान गरिएको छ।
हन्डाई क्रेटा ईभीको मूल्य १८ लाख भारु भन्दा कममा सुरु हुन्छ जबकि टाटा कर्भ ईभीको प्रारम्भिक मूल्य १७ लाख ५० हजार भन्दा कम छ ।
काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...
हुन्डाई नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येको एक ब्रान्ड हो ।...
दुबईमा सुनले बनेको कारको बारेमा पक्कै सुन्नुभएकै होला ? यी सुनौलो कारहरू...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...