नयाँ किया निरो इलेक्ट्रिक कारको टिजर सार्वजनिक, यस्तो देखियो तस्बिर

सेकेन्ड जेनेरेसन इलेक्ट्रिक कार किया निरो क्रसओभरको टिजर सार्वजनिक भएको छ । आगामी सोल मोबिलिटी शोमार्फत ग्लोबल डेब्यु गरिने किया निरोको वारेमा यसमार्फत केही तथ्य सार्वजनिक भएको छ ।

अफिसियल प्रिभ्यु इमेजका आधारमा नयाँ किया निरो सन् २०१९ मा प्रदर्शन गरिएको हबानिरो कन्सेप्टमा आधारित हुने अनुमान गर्न सकिन्छ । एड्भेन्चर रेडी एटिच्युडसहित यो एसयूभी स्टाइलको गाडी हुनेछ ।

कियाले केही दिन पहिले सार्वजनिक गरेको ईभी९ कन्सेप्ट जस्तै नयाँ निरो पनि प्रकृतिबाट प्रभावित हुनेछ ।

टिजर हेर्दा यसमा टु टोन पेन्ट स्किम हुनेछ । त्यसैगरी यसको अघिल्लो भागमा भएको टाइगर नोज ग्रिललाई केही परिमार्जन गरिएको छ ।

इन्टेरियरमा एसिमेट्रिकल सेन्टर कन्सोल, टु स्पोक स्टेयरिङ ह्विल र वाइड–फम्र्याट ट्विन स्क्रिन ड्यासबोर्ड हुनेछ ।

नेपाली बजारमा हाल किया निरो इलेक्ट्रिक कार उपलब्ध छ । भारतमा यो कार सन् २०२३ सम्म आउने अनुमान गरिएको छ । नेपाली बजारमा पनि त्यही समय भन्दा पहिले उपलब्ध हुने सम्भावना हुने छैन ।

सम्बन्धित समाचारहरू

टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, ४३७ किमी रेन्ज, ठूलो ब्याट्री, फास्ट चार्जिङ विकल्प

टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, ४३७ किमी रेन्ज, ठूलो ब्याट्री, फास्ट चार्जिङ विकल्प

टाटा मोटर्सले भारतमा लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कार टाटा नेक्सन ईभी...

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाले मिलेर निर्माण गरिरहेको इलेक्ट्रिक कार ‘अफिला’ विश्व...

नयाँ व्रान्ड लोगोसहित सार्वजनिक भयो स्कोडा भीजन ७ एस, रेन्ज ६ सय किलोमिटर

नयाँ व्रान्ड लोगोसहित सार्वजनिक भयो स्कोडा भीजन ७ एस, रेन्ज ६ सय किलोमिटर

स्कोडाले नयाँ इलेक्ट्रिक कार भिजन ७ एसको कन्सेप्ट सार्वजनिक गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...