ट्राफिकले दिन थाल्यो क्युआर कोड सहितको प्रतिलिपि सिफारिस
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्युआर कोडसहितको प्रतिलिपि...
काठमाडौं – ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरे बापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ ।
यस अघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भैँसकेको छ । आजदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी ‘प्रभु–पेको किअस्क मेसिन’ उद्घाटन गरे । सो उद्घाटन पश्चात ७ वटै ट्राफिक कार्यालयमा सेवा शुभारम्भ भएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीका अनुसार ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको हो । किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने जानकारी उनले दिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्युआर कोडसहितको प्रतिलिपि...
लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त...
काठमाडौं – फागु पूर्णिमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...